शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय
आर्थिक सर्वेक्षण

‘देशभर सडक सञ्जालको लम्बाई ३६ हजार किलोमिटर पुग्यो’

बिहीबार, १५ जेठ २०८२, १४ : १५
बिहीबार, १५ जेठ २०८२

काठमाडौँ । देशभरका सडक सञ्जालको लम्बाई ३६ हजार किलोमिटर पुगेको छ । बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण, २०८१/८२ पेस  गर्दै यस्तो जानकारी दिएका हुन् । 

‘सङ्घीय सरकारबाट निर्माण भएको रणनीतिक सडक सञ्जाल र स्थानीय सडक सञ्जाल गरी सडकको लम्बाई ३६ हजार १ सय ३२ किलोमिटर पुगेको छ,’ उनले भने । 

यस्तै इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत पुगेको छ भने ७२.० प्रतिशत घरधुरीमा डिजिटल टेलिभिजनको पहुँच पुगेको उनले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप