नेपालमै बनेको अल्लोको ‘ब्रिफकेस’मा बजेट ल्याउँदै अर्थमन्त्री पौडेल
बिहीबार, १५ जेठ २०८२, १५ : ११
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको लागि नेपालमै बनेको अल्लोको ब्रिफकेसमा बजेट ल्याउने भएका छन् ।
अर्थ मन्त्रालयबाट मन्त्रिपरिषद्को बैठकमा भाग लिन जाने क्रममा पौडेलले नेपालमै बनेको अल्लोका ब्रिफकेस बोकेर नै गएका हुन । उनले बोकेको ब्रिफकेस नेपालमै अल्लोबाट बनेको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
अर्थमन्त्री पौडेलले संसद्मा अहिलेसम्म तीन पटक बजेट ल्याएका हुन् । उनले विगतमा विदेशी ब्रिफकेसमा बजेट ल्याएका थिए । तर यो वर्ष भने नेपालमा नै अल्लोले बनेको ब्रिफकेसमा बजेट ल्याउन लागेका हुन् ।
चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा पूर्व अर्थमन्त्री वर्षमान पुनले नेपाली ढाकाबाट निर्मित ब्रिफकेस प्रयोग गरेका थिए । उक्त नेपाली ढाका स्वदेशी उत्पादन रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण