नेपालमै बनेको अल्लोको ‘ब्रिफकेस’मा बजेट ल्याउँदै अर्थमन्त्री पौडेल
बिहीबार, १५ जेठ २०८२, १५ : ११

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको लागि नेपालमै बनेको अल्लोको ब्रिफकेसमा बजेट ल्याउने भएका छन् ।
अर्थ मन्त्रालयबाट मन्त्रिपरिषद्को बैठकमा भाग लिन जाने क्रममा पौडेलले नेपालमै बनेको अल्लोका ब्रिफकेस बोकेर नै गएका हुन । उनले बोकेको ब्रिफकेस नेपालमै अल्लोबाट बनेको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
अर्थमन्त्री पौडेलले संसद्मा अहिलेसम्म तीन पटक बजेट ल्याएका हुन् । उनले विगतमा विदेशी ब्रिफकेसमा बजेट ल्याएका थिए । तर यो वर्ष भने नेपालमा नै अल्लोले बनेको ब्रिफकेसमा बजेट ल्याउन लागेका हुन् ।
चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा पूर्व अर्थमन्त्री वर्षमान पुनले नेपाली ढाकाबाट निर्मित ब्रिफकेस प्रयोग गरेका थिए । उक्त नेपाली ढाका स्वदेशी उत्पादन रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
दिव्या भारती : १९ वर्षको उमेरमा बलिउडको शिखर चुम्ने अभिनेत्री
-
धनगढीमा टिप्परको ठक्करबाट पैदल यात्रीको मृत्यु
-
टूथब्रसले खोल्यो श्रीमानले धोका दिइरहेको पोल
-
अण्डाको मूल्य बढेपछि किसानलाई राहत
-
स्वस्थ मानिसलाई गम्भीर रोग लागेको भन्दै महँगो उपचार गराउने डाक्टरलाई जेल सजाय