शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय
बजेट

यो वर्ष सरकारले १६ खर्ब ६२ अर्ब १६ करोड मात्रै खर्च गर्न सक्ने

बिहीबार, १५ जेठ २०८२, १५ : २३
बिहीबार, १५ जेठ २०८२

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा १६ खर्ब ६२ अर्ब १६ करोड खर्च हुने संशोधित अनुमान पेस गरेका छन् । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् । 

सरकारले चालु आर्थिक वर्षमा १८ खर्ब ६० अर्बको बजेट ल्याएको थियो । अर्धवार्षिक समीक्षामार्फत बजेट घटाएका अर्थमन्त्रीले अहिले अर्को संशोधित अनुमान पेस गरेका हुन् । यसमध्ये चालुतर्फ ८८.५ प्रतिशत, पुँजीगततर्फ ८३.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ९७.६ प्रतिशत खर्च हुने उनको संशोधित अनुमान छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप