अर्थतन्त्र लयमा ल्याउन चुनौतीपूर्ण : अर्थमन्त्री
बिहीबार, १५ जेठ २०८२, १५ : २६
काठमाडाैँ । समयमा कानुन व्यवस्था,अनुसन्धान र अभियोजन हुन नसक्दा ग्रे लिस्टमा परेको सरकारले बताएको छ । बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन । उनले समयमा कानुन व्यवस्था,अनुसन्धान र अभियोजन हुन नसक्दा ग्रे लिस्टमा परेको बताए ।
उनले भने,‘ कृषिमा आधुनिकीकरण र प्रविधिको कमीले उत्पादनमा कमीले लक्ष्य अनुसार भएको छैन । पूर्वाधारमा सरकारले लगानी प्रतिफल लक्ष्य अनुसार भएको छैन । रोजगारी सिर्जना हुन नक्सा विदेश जाने युवा वृद्धि भएको छ ।’
उनले नियामक निकायको भूमिकालाई प्रभावकारी बनाउने चुनौती रहेको बताए । उनले नीतिगत र कानुनी सुधार भए पनि विदेशी लगानी आउन नसकेको जानकारी गराए । उनले सार्वजनिक ढिला सुस्तीको कारण सुशासन कायम गर्नु चुनौतीपूर्ण रहेको बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण