आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

चैते धान खेती विस्तारका लागि ३३ करोड बजेट विनियोजन

बिहीबार, १५ जेठ २०८२, १५ : ४५
बिहीबार, १५ जेठ २०८२

काठमाडौँ । सरकारले चैते धान खेती विस्तारका लागि ३३ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो जानकारी दिए ।

‘दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराईका २२ जिल्लामा चैते धान उत्पादन कार्यक्रम सञ्चालन गरिनेछ । यसबाट थप १२ लाख मेट्रिक टन धान उत्पादन हुने अपेक्षा गरेको छु,’ मन्त्री पौडेलले भने,‘ चैते धान खेतीका लागि सिँचाई पूर्वाधार निर्माण गर्न ३३  करोड बजेट विनियोजन गरेको छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप