उद्योग मन्त्रालयको बजेट १० अर्ब १४ करोड
बिहीबार, १५ जेठ २०८२, १५ : ४७
_bybdmIrzws.jpg)
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै विनियोजित बजेटबारे जानकारी गराएका हुन् ।
यस्तै उनले लगानी बोर्डको क्षमता वृद्धि गरिने अर्थमन्त्रीले बजेटमार्फत घोषणा गरे । यस्तै उनले विदेशमा गरिने लगानीको व्यवस्था लगानी बोर्डमार्फत हुने बताए । उनले लगानी बोर्डमार्फत नै विशेष आर्थिक क्षेत्र निर्माण गरिने पनि बताए ।
उनले निजी क्षेत्रसँगको सहकार्यमा मेक इन नेपाल र मेड इन नेपाल कार्यक्रम सञ्चालन गरिने बताउँदै अर्थमन्त्रीले सम्भावित क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण गरिने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेंगलुरुको विजय उत्सवमा भागदौड प्रकरण : कर्नाटक क्रिकेट संघका अधिकारीहरूद्वारा राजीनामा
-
सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव
-
राष्ट्रिय आर्चरी च्याम्पियनसिपमा तिलक र आयशालाई स्वर्ण पदक
-
खोलामा डुबेर बालिकाको मृत्यु
-
सुकुम्बासी बस्तीमा खानेपानीको माग: आजपाद्वारा संघर्षका कार्यक्रम घोषणा
-
यस्तो छ ‘बलिदान’ मा सौगात मल्लको अवतार