शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

पर्यटन मन्त्रालयले कति पायो बजेट ?

बिहीबार, १५ जेठ २०८२, १५ : ५२
बिहीबार, १५ जेठ २०८२

काठमाडौँ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका लागि आवश्यक बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयका लागि १३ अर्ब २८ करोड बजेट विनियोजन गरिएको जानकारी दिए । 

बजेट भाषणका क्रममा उनले हिमाल आरोही र पदयात्रीका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाइने र पर्यटकीय गन्तव्यहरुमा पूर्वाधार विकास गरिने अर्थमन्त्रीले जानकारी दिए । 

यस्तै नेपाल नागरिक उड्ययन प्राधिकरणको संस्थागत सुदृढीकरण गरिने अर्थमन्त्रीले बताए । यसैगरी त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलमा स्तरोन्नतीका लागि आवश्यक बजेट समेत विनियोजन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप