पर्यटन मन्त्रालयले कति पायो बजेट ?
बिहीबार, १५ जेठ २०८२, १५ : ५२
काठमाडौँ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका लागि आवश्यक बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयका लागि १३ अर्ब २८ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।
बजेट भाषणका क्रममा उनले हिमाल आरोही र पदयात्रीका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाइने र पर्यटकीय गन्तव्यहरुमा पूर्वाधार विकास गरिने अर्थमन्त्रीले जानकारी दिए ।
यस्तै नेपाल नागरिक उड्ययन प्राधिकरणको संस्थागत सुदृढीकरण गरिने अर्थमन्त्रीले बताए । यसैगरी त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलमा स्तरोन्नतीका लागि आवश्यक बजेट समेत विनियोजन गरिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण