सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब बजेट, श्रम मन्त्रालयले कति पायो बजेट ?
बिहीबार, १५ जेठ २०८२, १६ : ०५

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ४ अर्ब २८ करोड बजेट पाएको छ । यस्तै सामाजिक सुरक्षा भत्ताका लागि सरकारले १ खर्ब ९ अर्ब बजेट विनियोजन गरेको छ।
बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यसबारे घोषणा गरेका हुन् ।