डिजिटल पूर्वाधार निर्माणका लागि ७४ करोड बजेट विनियोजन
बिहीबार, १५ जेठ २०८२, १६ : ०७
काठमाडौँ । सरकारले डिजिटल नेपाल फ्रेमर्वकको दोस्रो संस्करण तयार गर्ने भएको छ । बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आव २०८२/८३ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन ।
उनले डिजिटल साक्षरताका कार्यक्रम सञ्चालन गरिने बताए । उनले डिजिटल पूर्वाधार र इकोसिस्टम निर्माणका लागि ७४ करोड विनियोजन गरेको जानकारी दिए ।
उनले भने, ‘डिजिटल नेपाल फ्रेमर्वकको दोस्रो संस्करण तयारी गरिने छ । डिजिटल साक्षरताका कार्यक्रम सञ्चालन गरिने छ । डिजिटल पूर्वाधार र इकोसिस्टम निर्माणका लागि ७४ करोड विनियोजन गरेको छु।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण