नवीन प्रविधिको पोडवे सञ्चालनका लागि अध्ययन गरिने
बिहीबार, १५ जेठ २०८२, १६ : ३९
काठमाडौँ । सरकारले काठमाडौँ–हेटौडा रोपवेको सट्टा नवीन प्रविधिको पोडवे सञ्चालनका लागि अध्ययन गर्ने भएको छ ।
२०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उक्त जानकारी दिए ।
‘बन्द रहेको काठमाडौँ–हेटौडा रोपवेको सट्टा नवीन प्रविधिको पोडवे सञ्चालनका लागि अध्ययन गर्न आवश्यक बजेट छुट्याएको छु ,’ उनले भने,‘ पहाडी तथा हिमाली क्षेत्रमा केबुलकार सञ्चालनका लागि प्रोत्साहन गरिने छ ।’
शहरी क्षेत्रमा सिमेन्ट छडसहितको कालोपत्रे ढलान गरिने र यसबाट स्वदेशी वस्तुको खपत हुने र टिकाउ पूर्वाधार निर्माण हुने विश्वास गरेको बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण