आगामी आर्थिक वर्षमा संविधान संशोधन गरिने
बिहीबार, १५ जेठ २०८२, १६ : ५४
काठमाडौँ । आगामी आर्थिक वर्षमा संविधान संशोधन गरिने भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षको बजेट संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गर्दै आर्थिक वर्षभित्रमा संविधान संशोधन गर्ने बताएका हुन् ।
उनले राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गर्ने बताएका हुन् । गत असार १७ गते वर्तमान गठबन्धन निर्माणका क्रममा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमतिमा संविधान संशोधन गर्ने उल्लेख थियो ।
त्यही सहमतिपछि बनेको सरकारले ल्याएको पहिलो बजेटमा अर्थमन्त्री पौडेलले संविधान संशोधन राजनीतिक सहमतिका आधारमा गर्ने विषय उल्लेख गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण