विद्युतीय सवारीसाधनकाे प्रयोगलाई विश्वसनीय, गुणस्तरीय र दिगो बनाउन प्रोत्साहन गरिने

काठमाडौँ । सरकारले विद्युतीय सवारीसाधनको प्रयोगलाई विश्वसनीय, गुणस्तरीय र दिगो बनाउन प्रोत्साहन गरिने घोषणा गरेको छ । बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन ।
उनले विद्युतीय सवारीसाधनको प्रयोगलाई विश्वसनीय, गुणस्तरीय र दिगो बनाउन प्रोत्साहन गरिने बताए । उनले भने,‘सबै प्रकारका सवारीसाधनको नियमित रुपमा फिटेनेस जाँच गर्ने व्यवस्था मिलाइनेछ । तेस्रो पक्ष बिमालाई समय सापेक्ष बनाइनेछ । विद्युतीय सवारीसाधनको प्रयोगलाई विश्वसनीय, गुणस्तरीय र दिगो बनाउन प्रोत्साहन गरिनेछ ।’
उनले निजी क्षेत्रलाई चार्जिङ स्टेसन तथा वर्कसप निर्माण गर्न आकर्षित गरिने बताए । अर्थमन्त्री पौडेलले काठमाडौँ उपत्यका लगायत ठुला सहरमा स्मार्ट सार्वजनिक यातायात गर्न निजी क्षेत्रको लगानी आकर्षण गरिने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको यो विधेयकलाई मस्कले भने घृणित
-
स्टील र आल्मुनियम आयातमा ५० प्रतिशतसम्म कर लगाउने आदेशमा ट्रम्पले गरे हस्ताक्षर
-
सुखद सुरुवातपछि उत्साही नेपाल आज बलियो नेदरल्यान्ड्ससँग भिड्दै
-
नवीकरणीय ऊर्जा विकासमा ४० अर्ब डलरको खाडल, लगानीमैत्री वातावरण कसरी बनाउने ?
-
वर्तमान सरकार उत्पीडित वर्गहरूप्रति संवेदनशील छैन : प्रचण्ड
-
वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै