विद्युतीय सवारीसाधनकाे प्रयोगलाई विश्वसनीय, गुणस्तरीय र दिगो बनाउन प्रोत्साहन गरिने
काठमाडौँ । सरकारले विद्युतीय सवारीसाधनको प्रयोगलाई विश्वसनीय, गुणस्तरीय र दिगो बनाउन प्रोत्साहन गरिने घोषणा गरेको छ । बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन ।
उनले विद्युतीय सवारीसाधनको प्रयोगलाई विश्वसनीय, गुणस्तरीय र दिगो बनाउन प्रोत्साहन गरिने बताए । उनले भने,‘सबै प्रकारका सवारीसाधनको नियमित रुपमा फिटेनेस जाँच गर्ने व्यवस्था मिलाइनेछ । तेस्रो पक्ष बिमालाई समय सापेक्ष बनाइनेछ । विद्युतीय सवारीसाधनको प्रयोगलाई विश्वसनीय, गुणस्तरीय र दिगो बनाउन प्रोत्साहन गरिनेछ ।’
उनले निजी क्षेत्रलाई चार्जिङ स्टेसन तथा वर्कसप निर्माण गर्न आकर्षित गरिने बताए । अर्थमन्त्री पौडेलले काठमाडौँ उपत्यका लगायत ठुला सहरमा स्मार्ट सार्वजनिक यातायात गर्न निजी क्षेत्रको लगानी आकर्षण गरिने पनि बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण