सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय

बजेट ल्याएको भोलिपल्ट अर्थमन्त्रीले पत्रकार सम्मेलन गर्दै

शुक्रबार, १६ जेठ २०८२, ०७ : ५७
शुक्रबार, १६ जेठ २०८२

समाचार सारांश

  • उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटबारे पत्रकार सम्मेलन गर्दैछन्।
  • पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०८२/८३ को बजेटबारे छलफल हुनेछ, जुन अर्थ मन्त्रालयमा दिउँसो १ बजे हुनेछ।
  • सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार पत्रकार सम्मेलन गर्न लागेका छन् । बिहीबार बजेट भाषण गरेका अर्थमन्त्रीले त्यसको भोलिपल्ट बजेटकै विषयमा केन्द्रित रहेर पत्रकार सम्मेलन गर्न लागेका हुन् । 

अर्थमन्त्रीको सचिवालयका अनुसार आजको पत्रकार सम्मेलन आर्थिक वर्ष २०८२/८३ को बजेटसम्बन्धी विषयमा केन्द्रीत हुनेछ । पत्रकार सम्मेलन दिउँसो १ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा हुने छ । 

बिहीबार सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो। 

यो बजेट चालु आवको तुलनामा ५.५८ प्रतिशतले धेरै हो । यस्तै संशोधित बजेट भन्दा १८.२ प्रतिशत धेरै हो । चलु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप