शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

राजावादी समूहले शुक्रबार माइतीघरमा प्रदर्शन गर्दै

शुक्रबार, १६ जेठ २०८२, ०८ : ०२
शुक्रबार, १६ जेठ २०८२

समाचार सारांश

  • राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादी समूहले माइतीघरमा प्रदर्शन गर्ने भएका छन्। राप्रपाको संयोजनमा प्रदर्शन हुनेछ।
  • यसअघि, राजावादी समूहले शान्तिबाटिकामा प्रदर्शन गरेको थियो। राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाको माग छ ।
  • संघीयता खारेजीको माग गर्दै राजावादी समूहले अनिश्चितकालीन आन्दोलन सुरु गरेको छ, जसमा राप्रपा र अन्य संघसंगठनहरू छन्।

काठमाडौँ । राजावादी समूहले शुक्रबार राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएका छन् । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा माइतीघरमा प्रदर्शन हुन लागेको राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले जानकारी दिए । 

यसअघि राजावादी समूहले बिहीबार राजधानीको शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गरेको थियो । 

राजावादी समूहले राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाका साथै संघीयता खारेजीको माग गरेर बिहीबारदेखि अनिश्चितकालीन आन्दोलन सुरु भएको बताएको छ । 

राजावादी समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप