राजावादी समूहले शुक्रबार माइतीघरमा प्रदर्शन गर्दै
शुक्रबार, १६ जेठ २०८२, ०८ : ०२
सारांश
- राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादी समूहले माइतीघरमा प्रदर्शन गर्ने भएका छन्। राप्रपाको संयोजनमा प्रदर्शन हुनेछ।
- यसअघि, राजावादी समूहले शान्तिबाटिकामा प्रदर्शन गरेको थियो। राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाको माग छ ।
- संघीयता खारेजीको माग गर्दै राजावादी समूहले अनिश्चितकालीन आन्दोलन सुरु गरेको छ, जसमा राप्रपा र अन्य संघसंगठनहरू छन्।
काठमाडौँ । राजावादी समूहले शुक्रबार राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएका छन् । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा माइतीघरमा प्रदर्शन हुन लागेको राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले जानकारी दिए ।
यसअघि राजावादी समूहले बिहीबार राजधानीको शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गरेको थियो ।
राजावादी समूहले राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाका साथै संघीयता खारेजीको माग गरेर बिहीबारदेखि अनिश्चितकालीन आन्दोलन सुरु भएको बताएको छ ।
राजावादी समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण