राष्ट्रसङ्घमा ७ हजार कर्मचारीको जागिर धरापमा
सारांश
- संयुक्त राष्ट्रसङ्घ (युएन) ले आगामी २० महिनामा २० प्रतिशत कर्मचारी कटौती गर्ने निर्णय गरेको छ, जसका कारण हजारौँको जागिर गुम्ने सम्भावना छ।
- आर्थिक सङ्कटका कारण युएनले कर्मचारी कटौती गर्न लागेको हो, जसअनुसार २०२६ सम्ममा करिब सात हजार जागिर कटौती हुने बताइएको छ।
- अमेरिकी राष्ट्रपति ट्रम्पले खर्च कटौतीसम्बन्धी निर्णय लिएका छन् र युएनले अमेरिकालाई डेढ अर्ब डलर तिर्न बाँकी रहेको बताइएको छ।
काठमाडौँ । आगामी २० महिनामा संयुक्त राष्ट्रसङ्घ (युएन) मा हजारौँ मानिसहरूले आफ्नो जागिर गुमाउन सक्नेछन् । एजेन्सीले २० प्रतिशत कर्मचारीहरूलाई हटाउने निर्णय गरेको छ । योसँगै हजारौँको जागिर धरापमा परेको छ ।
समाचार एजेन्सी रोयटर्सको समाचारअनुसार युएनको आन्तरिक ज्ञापन पत्रमा कर्मचारी कटौतीको उल्लेख गरिएको छ । यसबाहेक नियन्त्रकलाई उद्धृत गर्दै २०२६ सम्ममा लगभग सात हजार जागिरहरू कटौती गर्ने तयारी भइरहेको बताइएको छ ।
कर्मचारीहरूको सङ्ख्यामा कटौतीको मुख्य कारण आर्थिक सङ्कट मानिएको छ । रोयटर्सको रिपोर्ट अनुसार नियन्त्रकले युएनले अमेरिकालाई डेढ अर्ब डलर तिर्न बाँकी छ । यो जानकारी ट्रम्पका सल्लाहकार रहेका अर्बपति उद्योगपति एलन मस्कले विवादास्पद र लागत बढाउने कानुनसँग असहमति जनाउँदै आफ्नो राजीनामाको घोषणा गरेको समयमा प्रकाशमा आएको हो ।
यो पनि रोचक छ कि नोभेम्बर २० मा राष्ट्रपति पद सम्हालेपछि पछिल्लो छ महिनामा राष्ट्रपति ट्रम्पले धेरै यस्ता निर्णयहरू लिएका छन्, जसमा खर्च कटौती छलफलको विषय बनेको छ । विश्व स्वास्थ्य सङ्गठन जस्ता संस्थाहरूले प्राप्त गर्ने रकमबाहेक उनले हार्वर्ड विश्वविद्यालयले शिक्षाको क्षेत्रमा प्राप्त गर्ने अनुदानमा प्रश्न उठाएर उसले पाउने पैसा रोकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण