बाराबाट लागु औषधसहित दुई भारतीय पक्राउ
शुक्रबार, १६ जेठ २०८२, ११ : ११
सारांश
- बाराको अमलेखगञ्जबाट लागु औषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा भारतका धिरजकुमार सिंह र चन्दनकुमार पटेल रहेका छन्।
- प्रहरीले उनीहरुको साथबाट ट्रामाडोल ट्याब्लेट र ओनरेक्स बरामद गरेको छ।
काठमाडौँ । प्रहरीले बाराको अमलेखगञ्जबाट लागु औषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका २७ वर्षीय धिरजकुमार सिंह र १८ वर्षीय चन्दनकुमार पटेल छन् ।
भारतीय कार नम्बर बीआर–०१–बियु–३४८५ मा पछाडिको सिटमुनि फल्स बटम बनाएर ल्याएको अवस्थामा वरिष्ठ सई धनप्रसाद श्रेष्ठ कमान्डको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजयराज पण्डितले रातोपाटीलाई बताए ।
आरोपीहरूको साथबाट प्रहरीले ट्रामाडोल २१ हजार ६ सय ट्याब्लेट बरामद गरेको छ । प्रहरीले ७६ बोतल लागु औषध ओनरेक्स पनि बरामद गरेको छ । आरोपीहरूमाथि जिल्ला प्रहरी कार्यालय बाराले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण