शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

बाराबाट लागु औषधसहित दुई भारतीय पक्राउ

शुक्रबार, १६ जेठ २०८२, ११ : ११
शुक्रबार, १६ जेठ २०८२

समाचार सारांश

  • बाराको अमलेखगञ्जबाट लागु औषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा भारतका धिरजकुमार सिंह र चन्दनकुमार पटेल रहेका छन्।
  • प्रहरीले उनीहरुको साथबाट ट्रामाडोल ट्याब्लेट र ओनरेक्स बरामद गरेको छ।

काठमाडौँ । प्रहरीले बाराको अमलेखगञ्जबाट लागु औषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका २७ वर्षीय धिरजकुमार सिंह र १८ वर्षीय चन्दनकुमार पटेल छन् । 

भारतीय कार नम्बर बीआर–०१–बियु–३४८५ मा पछाडिको सिटमुनि फल्स बटम बनाएर ल्याएको अवस्थामा वरिष्ठ सई धनप्रसाद श्रेष्ठ कमान्डको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजयराज पण्डितले रातोपाटीलाई बताए । 

आरोपीहरूको साथबाट प्रहरीले ट्रामाडोल २१ हजार ६ सय ट्याब्लेट बरामद गरेको छ । प्रहरीले ७६ बोतल लागु औषध ओनरेक्स पनि बरामद गरेको छ । आरोपीहरूमाथि जिल्ला प्रहरी कार्यालय बाराले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप