संसद्
सभामुख घिमिरे र दलका सचेतक बिचको बैठक सुरु
शुक्रबार, १६ जेठ २०८२, ११ : २८
सारांश
- सभामुख देवराज घिमिरे र दलका सचेतकहरूबीच सदनको अवरोध हटाउने विषयमा छलफल सुरु भयो।
- विपक्षी दलले गृहमन्त्रीको राजीनामा र छानबिन आयोग गठनको माग गर्दै बजेट बाहेकका कामकारबाहीमा अवरोध गर्दै आएको छ।
- बैठकले बजेटमाथिको छलफलको समय निर्धारण गर्ने र सदन सुचारु गर्ने विषयमा निर्णय लिनेछ।
काठमाडौँ । सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने दलका सचेतकहरू बिचको बैठक बानेश्वरमा सुरु भएको छ । सदनको अवरोध हटाउने र बजेटमाथिको छलफलको समय निर्धारण गर्ने विषयमा सभामुख घिमिरेले दलका सचेचकहरुसँग छलफल थालेका हुन् ।
सो बैठकपछि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता भएको भन्दै सदन अवरोध गर्दै आएका छन् । यद्यपि उनीहरूले गृहमन्त्रीको राजीनामा र छानबिन आयोग गठन नभएसम्म बजेट पेस गर्न दिए पनि अन्य काम–कारबाहीका लागि सदन चल्न नदिने बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण