संसद्
सभामुख घिमिरे र दलका सचेतक बिचको बैठक सुरु
शुक्रबार, १६ जेठ २०८२, ११ : २८

समाचार सारांश
- सभामुख देवराज घिमिरे र दलका सचेतकहरूबीच सदनको अवरोध हटाउने विषयमा छलफल सुरु भयो।
- विपक्षी दलले गृहमन्त्रीको राजीनामा र छानबिन आयोग गठनको माग गर्दै बजेट बाहेकका कामकारबाहीमा अवरोध गर्दै आएको छ।
- बैठकले बजेटमाथिको छलफलको समय निर्धारण गर्ने र सदन सुचारु गर्ने विषयमा निर्णय लिनेछ।
काठमाडौँ । सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने दलका सचेतकहरू बिचको बैठक बानेश्वरमा सुरु भएको छ । सदनको अवरोध हटाउने र बजेटमाथिको छलफलको समय निर्धारण गर्ने विषयमा सभामुख घिमिरेले दलका सचेचकहरुसँग छलफल थालेका हुन् ।
सो बैठकपछि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता भएको भन्दै सदन अवरोध गर्दै आएका छन् । यद्यपि उनीहरूले गृहमन्त्रीको राजीनामा र छानबिन आयोग गठन नभएसम्म बजेट पेस गर्न दिए पनि अन्य काम–कारबाहीका लागि सदन चल्न नदिने बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेत पठाइदिन्छु भन्दै ठगी
-
मधेशका ६४ वटै प्रदेश सभा क्षेत्रमा एकैपटक सडक शिलान्यास गर्दै प्रधानमन्त्री ओली
-
राष्ट्र र जनताका हित बोकेर हिँड्ने ‘झोले’ हुनुमा गर्व छ : प्रधानमन्त्री ओली
-
च्याम्पियन्स लिग : युवा भर्सेस अनुभवको फाइनल
-
गाउँपालिकाको नामकरण गरिएको ताल नै सङ्कटमा
-
जनप्रतिनिधिले नागरिकको अपेक्षाअनुसार काम गर्नुपर्छ : सिटौला