अलेक्ज्यान्डर-अर्नोल्ड आइतबारदेखि रियलको खेलाडी बन्ने
मड्रिड । ट्रेन्ट अलेक्ज्यान्डर-अर्नोल्ड जुन १ तारिख आइतबारदेखि रियल मड्रिडको खेलाडी बन्ने भएका छन् । लिभरपुलले उनलाई सम्झौता अवधि समाप्त हुनु अघि नै क्लब छाड्न अनुमति दिएको हो।
यदि उनी क्लबमा रहिरहन्थे भने, उनको सम्झौता ३० जुनमा समाप्त हुने थियो र त्यसपछि उनी स्वतन्त्र खेलाडीको रूपमा अन्य क्लबमा जान सक्थे। यस कदमले इंग्ल्याण्डका राइट(ब्याकलाई स्पेनिस क्लबमा सामेल भई क्लब विश्वकप खेल्न समयमै तयारी गर्ने मौका दिनेछ।
२६ वर्षीय अर्नोल्डले यस गर्मीमा लिभरपुल छाड्ने निर्णय पहिल्यै सार्वजनिक गरिसकेका थिए । उनले रियल मड्रिडसँग ६ वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन्।
फिफाले १ जुनदेखि १० जुनसम्मको अतिरिक्त ट्रान्सफर विन्डो स्वीकृत गरेको छ, जसले क्लबहरूलाई १४ जुनदेखि अमेरिकामा सुरु हुने एक महिनासम्मको विस्तारित क्लब विश्वकपका लागि नयाँ खेलाडी दर्ता गर्न अनुमति दिन्छ।
ट्रेन्ट अलेक्ज्यान्डर(अर्नोल्ड लिभरपुलसँग सानो उमेरदेखि आबद्ध थिए । उनी छ वर्षको हुँदा आफ्नो जन्मथलोको क्लबमा प्रवेश गरेका थिए।
लिभरपुलमा रहँदा उनले दुई प्रिमियर लिग उपाधि, च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप, यूईएफए सुपर कप, एफए कप र लिग कप जितेका थिए। तर यसै महिना सुरुमा उनले अब आफूले ‘नयाँ चुनौती’ खोज्न चाहेको बताएका थिए । व्यक्तिगत तथा व्यावसायिक रूपमा आफूलाई अझ अगाडि बढाउन चाहेको उनको भनाई थियो।
अलेक्ज्यान्डर(अर्नोल्डले लिभरपुलका लागि ३५२ खेलमा २३ गोल र ८६ एसिस्ट गरेका छन्। अब उनी इंग्ल्याण्डका टोली समकक्षी जुड बेलिङ्घम र पूर्व लिभरपुल तथा रियल मड्रिडका मिडफिल्डर ज्याबी आलोन्सोसँग मड्रिडमा सामेल हुनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण