द्वन्द्वपीडित व्यक्तिहरूलाई आयोगमा राख्नु उचित हुँदैन : अध्यक्ष थापा
सारांश
- सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापाले द्वन्द्वपीडित व्यक्तिहरूलाई आयोगमा राख्नु उचित नहुने बताए। उनले स्वार्थको द्वन्द्व हुने कुरा उल्लेख गरे।
- अध्यक्ष थापाले आयोगलाई काम गर्न सहयोगको अपेक्षा गरे र काम नगरे राजीनामाको सुझाव उचित नभएको बताए। उनले पीडितको दबाब स्वीकार गर्न नसकिने धारणा राखे।
- माओवादी सांसद मनरुपा शर्माले थापाको अभिव्यक्तिप्रति आपत्ति जनाइन् र द्वन्द्वपीडितका समस्या बुझेर बोल्न सुझाव दिइन्। बेपत्ता छानबिन आयोगकी अध्यक्ष गडतौलाले न्यायका लागि काम गर्ने बताइन्।
काठमाडौँ । सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापाले द्वन्द्वपीडित व्यक्तिहरूलाई आयोगमा राख्नु उचित नहुने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा थापाले स्वार्थको द्वन्द्व हुने भएकाले द्वन्द्वपीडित व्यक्तिहरूलाई आयोगमा राख्नु उचित नहुने बताए । उनले आयोगका रहँदा आफूले कानुनभन्दा तलमाथि नगर्ने बताए ।
थापाले आयोगलाई काम गर्न सबैले सहयोग गर्नुपर्ने भन्दै काम नगर्न नसके राजीनामाको सुझाव उचित नभएको जिकिर गरे । अध्यक्ष थापाले द्वन्द्वपीडितहरूको अस्वाभाविक दबाब स्विकार्न नसकिने समेत बताए ।
अध्यक्ष थापाले द्वन्द्व पीडितले अस्वाभाविक दबाब दिन खोजेको धारणा राखेपछि माओवादीका राष्ट्रियसभा सदस्य मनरुपा शर्माले धम्काउने भाषा बोलेको भन्दै आपत्ति जनाए । द्वन्द्वपीडितले भोग्नुपरेको समस्याका बारेमा जानकारी लिएर मात्रै अभिव्यक्ति दिन उनले सुझाव दिए । उनले आयोगका अहिलेको नेतृत्वबाट न्याय पाउने आस नरहेको बताए ।
त्यस्तै बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गडतौलाले सबैको सहयोगमा नै पीडितलाई न्याय हुने गरी कार्यसम्पादन गर्ने बताए । उनले गम्भीर मानवअधिकार उलङ्घनका घटनामा क्षमादान नहुने भएकाले त्यसमा गम्भीर रहेको धारणा राखे । त्यस्तै समिति सदस्यहरूले सङ्क्रमणकालीन न्यायसँग जोडिएका विषयलाई छिटो टुङ्ग्याउने गरी पूर्वाग्रही नभई काम गर्न सुझाव दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण