आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

सरकारले गरेका गलत कामको कांग्रेसले विरोध गर्न सकेन : डा.शेखर कोइराला

शुक्रबार, १६ जेठ २०८२, २० : ०९
शुक्रबार, १६ जेठ २०८२

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले सरकारले गरेको गलत कामको विरोध गर्न नसकेको बताएका छन् । 

शुक्रबार बागमतीका प्रजातन्त्र सेनानीको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस सरकारमा छ भन्दैमा गलत काममा मौन बस्न नहुने बताए ।

उनले गणतन्त्रमा तीन जना नेताको म्युजिकल चेयरबाट निराश भएका युवा राजा फर्काउने आन्दोलनमा सहभागी हुन थालेको दाबी गरे । नयाँ पुस्तालाई राजाको शासनकालबारे थाहा नभएको तर अहिलेको अवस्थाबाट निराश बनेको उनको भनाइ छ । 

कोइरालाले सरकारले ल्याएको बजेट सुन्दा कर्णप्रिय भएपनि कार्यान्वयन पक्ष कमजोर भएको बताए । राम्रो काम गर्न नसके सरकारलाई नराम्रो पनि नगर्न उनले सुझाव दिए ।

कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पार्टीभित्र सकारात्मक सन्देश दिनेगरी काम गरिरहेको बताए । पार्टीबाट जिम्मेवारी बोकेर गएकाहरूको आलोचना नभई प्रशंसा गर्ने स्थिति बनाउनुपर्नेमा उनले जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप