सरकारले गरेका गलत कामको कांग्रेसले विरोध गर्न सकेन : डा.शेखर कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले सरकारले गरेको गलत कामको विरोध गर्न नसकेको बताएका छन् ।
शुक्रबार बागमतीका प्रजातन्त्र सेनानीको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस सरकारमा छ भन्दैमा गलत काममा मौन बस्न नहुने बताए ।
उनले गणतन्त्रमा तीन जना नेताको म्युजिकल चेयरबाट निराश भएका युवा राजा फर्काउने आन्दोलनमा सहभागी हुन थालेको दाबी गरे । नयाँ पुस्तालाई राजाको शासनकालबारे थाहा नभएको तर अहिलेको अवस्थाबाट निराश बनेको उनको भनाइ छ ।
कोइरालाले सरकारले ल्याएको बजेट सुन्दा कर्णप्रिय भएपनि कार्यान्वयन पक्ष कमजोर भएको बताए । राम्रो काम गर्न नसके सरकारलाई नराम्रो पनि नगर्न उनले सुझाव दिए ।
कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पार्टीभित्र सकारात्मक सन्देश दिनेगरी काम गरिरहेको बताए । पार्टीबाट जिम्मेवारी बोकेर गएकाहरूको आलोचना नभई प्रशंसा गर्ने स्थिति बनाउनुपर्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण