पहिचानको लडाइँमा सधैँ किराँत समुदायसँगै छु : शेखर कोइराला
शनिबार, १७ जेठ २०८२, १८ : ४२

खोटाङ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू सधैँ किराँत समुदायसँगै रहेको बताएका छन्।
तुवाचुङ् जायजुम संरक्षण समितिले किराँतहरूको चाड साकेला उभौलीको अवसरमा खोटाङको हलेसीमा आयोजना गरेको ‘तुवाचुङ् डे’ लाई उद्घाटन गर्दै कोइरालाले नेपाली कांग्रेसले सधै द्वन्द्व मेटिने र पहिचान भेटिने कुरामा विश्वास गर्ने समेत प्रस्ट पारेका हुन् ।
संविधानसभाबाट संविधान बन्ने समयमा आफूले पहिचान र समावेशी समानुपातिकको कुरा उठाएको समेत सुनाए । कोइरालाले हलेसी महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आफूले सक्दो पहल गर्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा पीएसजीको जितको उत्सवका क्रममा २ जनाको मृत्यु, ५०० जना पक्राउ
-
दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र
-
शिलान्यासको छ वर्षपछि बल्ल नमुना सदरमुकाम निर्माण थालियो
-
के तपाईं पनि गर्मीमा टाउको दुख्ने समस्याबाट ग्रसित हुनुहुन्छ ?
-
संयुक्त जनआन्दोलन समितिद्वारा आजको उपत्यका बन्द कार्यक्रम फिर्ता
-
ग्यालेक्टिकोस युगको अन्त्य गर्दै एनरिकेले कसरी पीएसजीलाई च्याम्पियन बनाए ?