मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इन्डियन एम्बासडर क्रिकेट प्रतियोगिता सुरु

शनिबार, १७ जेठ २०८२, १८ : ५९
शनिबार, १७ जेठ २०८२

काठमाडौँ। भारतीय दूतावास काठमाडौँको आयोजनामा पहिलो संस्करणको ‘इन्डियन एम्बासडर क्रिकेट प्रतियोगिता’ शनिबार त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु भएको छ।

प्रतियोगिताको उद्घाटन भारतीय राजदूत नविन श्रीवास्ताव, नेपाल सरकारको परराष्ट्र मन्त्रालयका सहसचिव (दक्षिण एशिया) गेहेन्द्र राजभण्डारी र बेलायती राजदूत रब फेनले संयुक्त रूपमा गरेका हुन् ।

चार दिनसम्म सञ्चालन हुने यस मैत्रीपूर्ण खेलकुद कार्यक्रममा कुल ६ टोलीले सहभागिता जनाउनेछन् । यसमा भारतीय दूतावास, परराष्ट्र मन्त्रालय, बेलायती दूतावास, नेपाल पत्रकार महासंघ, कर्पोरेट टोली, र भारतीय प्रवासी समुदायका टोली छन् ।

उद्घाटन खेलमा भारतीय दूतावास र नेपाल सरकारको परराष्ट्र मन्त्रालयबिच प्रतिस्पर्धा भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप