पार्टीको रोग वाइसीएलमा पनि सर्यो, गम्भीर भएर समीक्षा गर्नुहोस्– प्रचण्ड
सारांश
- पूर्वप्रधानमन्त्री प्रचण्डले वाइसीएलमा पार्टीको रोग सरेको बताए।
- प्रचण्डले वाइसीएलको सम्मेलनमा सम्बोधन गर्दै यस विषयमा गम्भीर हुन आग्रह गरे।
- उनले पार्टी नै रोगको मुख्य दोषी रहेको स्वीकार्दै आत्मासमीक्षा गर्नुपर्ने बताए।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र देखिएको रोग योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) मा पनि सरेको बताएका छन् । वाइसीएलको तेस्रो राष्ट्रिय सम्मेलनलाई आइतबार प्रज्ञा भवन कमलादीमा सम्बोधन गर्दै उनले त्यसमा गम्भीर भएर सोच्न आग्रह गरेका छन् । यद्यपि रोग लाग्नुको मुख्य दोषी वाइसीएल नभएर पार्टी नै भएको उनले स्वीकारे ।
‘पार्टीमा सरेको रोग वाइसीएलमा सरेको मलाई राम्रोसँग थाह छ । म तपाईंलाई दोष दिन्न । मुख्य दोषी पार्टी नै हो । पार्टीमा नै समस्या भएपछि त्यसका हाँगाबिँगा, शाखा सबैतिर रोग सर्नु स्वाभाविक नै हो’, उनले भने, ‘तर पार्टीले आत्मासमीक्षा गरी रूपान्तरण गर्छु भनेर जनतामा गएर आएर र जाँदै गरेको नाताले म तपाईंलाई भन्न चाहन्छु– तपाईंले पनि आत्मसमीक्षा त गर्नैपर्छ । चोखै छौँ भनेर सोच्नुभयो भने रूपान्तरण हुँदैन । त्यसकारण म गम्भीरतापूर्वक सोच्न जरुरी छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण