नेकपा एमालेले बोलायो संसदीय दलको बैठक
सोमबार, १९ जेठ २०८२, ०८ : १०

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । समसामयिक विषय र संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को बजेटका सम्बन्धमा छलफल गर्न सोमबार दिउँसो १ बजे बस्ने गरी दलको बैठक बोलाएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
उनका अनुसार नयाँ बानेश्वरस्थित संसद् भवन लोत्सेहलमा बस्ने गरी बैठक बोलाइएको हो । बजेटमाथिको छलफल मंगलबारबाट सुरु हुँदैछ । विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् बैठक अवरोध गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण हिमालको आधार शिविरमा गुञ्जियो ‘फ्रान्सेली सङ्गीत’
-
मन्त्री भण्डारीसँग जोर्डनका गैरआवासीय राजदूत घानीको भेटवार्ता
-
१२ बजे १२ समाचार: भिजिट भिसा प्रकरणमा बिचौलिया दोषी ठहर कर्मचारीलाई सफाइ, बेंगलुरु आईपीएल च्याम्पियन
-
पूरा भयो विराट र बेंगलुरुको आईपीएल च्याम्पियन बन्ने सपना
-
यात्रुसँग बढी भाडा लिने तथा हैरानी दिने ३ सय ३१ ‘राइडर’ कारबाहीमा
-
कला–संस्कृति राष्ट्रको गौरव हुन्ः मन्त्री पाण्डे