बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय
अदालत

महिमानलाई थुनामा राख्न मागसहित उच्च अदालतमा रेशमको निवेदन

सोमबार, १९ जेठ २०८२, १२ : ५६
सोमबार, १९ जेठ २०८२

समाचार सारांश

  • सर्वोच्चका निलम्बित अधिकृत महिमानसिंह विष्टलाई थुनामा पठाउन रेशम चौधरीले उच्च अदालतमा निवेदन दिएका छन्।
  • विष्टले चौधरीलाई पक्राउ गरी कैदमा राख्न पत्र लेखेका थिए, जसपछि चौधरी पक्राउ परेका थिए।
  • विष्टलाई जिल्ला अदालतले धरौटीमा छाडेपछि चौधरीले उनलाई थुनामा राख्न उच्च अदालतमा निवेदन दिएका हुन्।

काठमाडौँ । सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टलाई थुनामा पठाउन नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले उच्च अदालत पाटनमा निवेदन दिएका छन् । 

विष्टले गत वैशाख १७ गते चौधरीलारई पक्राउ गरी कैदमा राख्न प्रहरी र डिल्लीबजार कारागारमा राख्न पत्र लेखेका थिए । उक्त पत्रपछि चौधरी पक्राउ परी करिब ६ घण्टा थुनामा बसेका थिए । उनको पत्रलाई सर्वोच्च अदालत प्रशासनले ‘अनधिकृत’ भनी पत्र सच्चाएर कारागार पठाएपछि रेशमलाई पक्राउ गर्न लगाउने विष्ट आफैँ पक्राउ परेका थिए ।

उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले लिखत किर्तेमा मुद्दा चलाएकोमा जिल्ला अदालत काठमाडौँले गत जेठ ५ गते एक लाख धरौटीमा छाड्ने आदेश गरेको थियो । उक्त आदेशपछि विष्ट सर्वोच्च पुगेकोमा प्रशासनले उनलाई निलम्बन गरेको थियो ।

जिल्लाले धरौटीमा छाडेपछि विष्टलाई धरौटीमा छाड्न नहुने मागसहित चौधरीले उच्चमा निवेदन दिएका हुन् । निवेदन दर्ताका क्रममा रहेको चौधरीका अधिवक्ता टीकाबहादुर कुँवरले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप