महिमानलाई थुनामा राख्न मागसहित उच्च अदालतमा रेशमको निवेदन
सारांश
- सर्वोच्चका निलम्बित अधिकृत महिमानसिंह विष्टलाई थुनामा पठाउन रेशम चौधरीले उच्च अदालतमा निवेदन दिएका छन्।
- विष्टले चौधरीलाई पक्राउ गरी कैदमा राख्न पत्र लेखेका थिए, जसपछि चौधरी पक्राउ परेका थिए।
- विष्टलाई जिल्ला अदालतले धरौटीमा छाडेपछि चौधरीले उनलाई थुनामा राख्न उच्च अदालतमा निवेदन दिएका हुन्।
काठमाडौँ । सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टलाई थुनामा पठाउन नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।
विष्टले गत वैशाख १७ गते चौधरीलारई पक्राउ गरी कैदमा राख्न प्रहरी र डिल्लीबजार कारागारमा राख्न पत्र लेखेका थिए । उक्त पत्रपछि चौधरी पक्राउ परी करिब ६ घण्टा थुनामा बसेका थिए । उनको पत्रलाई सर्वोच्च अदालत प्रशासनले ‘अनधिकृत’ भनी पत्र सच्चाएर कारागार पठाएपछि रेशमलाई पक्राउ गर्न लगाउने विष्ट आफैँ पक्राउ परेका थिए ।
उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले लिखत किर्तेमा मुद्दा चलाएकोमा जिल्ला अदालत काठमाडौँले गत जेठ ५ गते एक लाख धरौटीमा छाड्ने आदेश गरेको थियो । उक्त आदेशपछि विष्ट सर्वोच्च पुगेकोमा प्रशासनले उनलाई निलम्बन गरेको थियो ।
जिल्लाले धरौटीमा छाडेपछि विष्टलाई धरौटीमा छाड्न नहुने मागसहित चौधरीले उच्चमा निवेदन दिएका हुन् । निवेदन दर्ताका क्रममा रहेको चौधरीका अधिवक्ता टीकाबहादुर कुँवरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण