बागमतीका मेयर उपमेयर मुछिएको भ्रष्टाचार प्रकरणमा साक्षीको बयान लिइने
सारांश
- सर्लाहीको बागमती नगरपालिकाका मेयर र उपमेयरसहित ६ जनाको भ्रष्टाचार मुद्दामा विशेष अदालतले साक्षीको बयान लिने भएको छ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर थापा र उपमेयरसहित ६ जनाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन र भरत ताल निर्माणमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।
- उनीहरुविरुद्ध ३५ करोड ६२ करोड रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा र उपमेयरसहित ६ जना मुछिएको भ्रष्टाचार काण्डमा विशेष अदालतले साक्षीको बयान लिने भएको छ । सोमबार न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले साक्षी प्रवीण रेग्मीलाई बयानका लागि बोलाउने आदेश गरेको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ चैत २८ गते मेयर थापा र उपमेयर मोक्तानसहित चार जनाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनमा र २०७९ जेठ २९ गते ६ जनाविरुद्ध भरत ताल निर्माणमा भ्रष्टाचार गरेको कसुरमा मुद्दा दायर गरेको थियो ।
उनीहरु विरुद्ध अख्तियारले दुई फरक मुद्दामा ३५ करोड ६२ करोड रुपैयाँ बिगो मागदाबी गरेको छ । यसबिचमा उनीहरु विरुद्ध थप दुईवटा भ्रष्टाचार मुद्दा पनि थपिएका छन् ।
उनीहरू विरुद्ध जिल्ला अदालत सर्लाहीमा ४९ करोड ४९ लाख रुपैयाँको वनसम्बन्धी र विशेष अदालतमा ५६ करोड ७१ लाख रुपैयाँको भ्रष्टाचारसम्बन्धी मुद्दा थपिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण