बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नजिकिँदै १५ औँ राष्ट्रपति राष्ट्रिय खेलकुद प्रतियोगिता, सुदूरपश्चिमको तयारी कहाँ पुग्याे ?

सोमबार, १९ जेठ २०८२, १५ : ४१
सोमबार, १९ जेठ २०८२

कैलाली । यही जेठ  जेठ २८ गतेदेखि ३० गतेसम्म काठमाडौँमा १५ औँ राष्ट्रपति राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुँदैछ । उक्त प्रतियोगिता नजिकिँदै गएपनि सुदूरपश्चिम प्रदेशमा भने अझैसम्म आवश्यक तयारी पुग्न सकेको छैन । 

राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुन प्रदेशस्तरीय छनौट प्रतियोगिता गर्ने विषयमा अहिले छलफल चलिरहेको जनाइएको छ । अहिले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्न वैकल्पिक उपाय अपनाएर तयारी थालिएको सामाजिक विकास मन्त्री मेघराज खड्काले बताए । 

'खेलकुद परिषद्मा पुरानो सचिवको हस्ताक्षरमा र त्यहाँको अधिकृतको हस्ताक्षरमा खाता थियो । अहिले सचिव नभएपछि खाता खोल्न नसकिएको अवस्था हो, हामी त्यही विषयमा वैकल्पिक उपाय अपनाएर छलफल गरिरहेका छौँ, २५,२६ र २७ मा प्रदेश स्तरको प्रतियोगिता गर्ने तयारी गरिरहेका छौँ, मन्त्री खड्काले भने ।

उनका अनुसार प्रदेश खेलकुद परिषद्मा सदस्य सचिव नहुँदा काम गर्न गार्‍हो भएको छ । मुख्यमन्त्री कमल बहादुर शाह र मन्त्री खड्काबिच प्रतियोगिता गर्नेबारे छलफल भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप