धमाधम कर्मचारी निकाल्दैछ डिज्नी
वासिङटन डीसी । अमेरिकी मनोरञ्जन कम्पनी डिज्नीले सयौं कर्मचारीलाई कामबाट निकाल्न लागेको छ ।
कम्पनीको यस निर्णयले विश्वभर फिल्म, टीभी र अर्थ विभागमा कार्यरत कम्पनीका कर्मचारी प्रभावित हुने बताइएको छ । ग्राहकहरू केबल टीभीको सब्सक्रिप्सन छाडेर स्ट्रिमिङ प्लेटफर्मतिर लागेपछि कम्पनी खर्च कटौती गर्ने दबाबमा आएको हो ।
उद्योग तीव्र गतिमा परिवर्तन भइरहेकोले आफूहरूले व्यवसायलाई किफयती ढङ्गले चलाउने तरिका खोज्नुपरेको कम्पनीको दाबी छ । सन् २०२३ मा साढे ५ अर्ब डलर जोगाउने कम्पनीका सीईओ बब आइगरको योजनाअन्तर्गत डिज्नीले विश्वभरबाट सात हजार कर्मचारी निकालेको थियो ।
कम्पनीको पछिल्लो निर्णयले फिल्म र टीभी इकाइको मार्केटिङ विभगसमेतका कैयौं समूहलाई प्रभावित बनाउनेछ । डिज्नीको कास्टिङ र डेभलपमेन्ड एन्ड कर्पोरेट फाइनान्स विभाथका कर्मचारी पनि कटौतीमा पर्नेछन् ।
डिज्नीमा विश्वभर २ लाख ३३ हजार कर्मचारी कार्यरत् छन् । यीमध्ये ६० हजार अमेरिकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण