बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय

धमाधम कर्मचारी निकाल्दैछ डिज्नी

मङ्गलबार, २० जेठ २०८२, १६ : ०४
मङ्गलबार, २० जेठ २०८२

वासिङटन डीसी । अमेरिकी मनोरञ्जन कम्पनी डिज्नीले सयौं कर्मचारीलाई कामबाट निकाल्न लागेको छ ।

कम्पनीको यस निर्णयले विश्वभर फिल्म, टीभी र अर्थ विभागमा कार्यरत कम्पनीका कर्मचारी प्रभावित हुने बताइएको छ । ग्राहकहरू केबल टीभीको सब्सक्रिप्सन छाडेर स्ट्रिमिङ प्लेटफर्मतिर लागेपछि कम्पनी खर्च कटौती गर्ने दबाबमा आएको हो । 

उद्योग तीव्र गतिमा परिवर्तन भइरहेकोले आफूहरूले व्यवसायलाई किफयती ढङ्गले चलाउने तरिका खोज्नुपरेको कम्पनीको दाबी छ । सन् २०२३ मा साढे ५ अर्ब डलर जोगाउने कम्पनीका सीईओ बब आइगरको योजनाअन्तर्गत डिज्नीले विश्वभरबाट सात हजार कर्मचारी निकालेको थियो । 

कम्पनीको पछिल्लो निर्णयले फिल्म र टीभी इकाइको मार्केटिङ विभगसमेतका कैयौं समूहलाई प्रभावित बनाउनेछ । डिज्नीको कास्टिङ र डेभलपमेन्ड एन्ड कर्पोरेट फाइनान्स विभाथका कर्मचारी पनि कटौतीमा पर्नेछन् ।

डिज्नीमा विश्वभर २ लाख ३३ हजार कर्मचारी कार्यरत् छन् । यीमध्ये ६० हजार अमेरिकामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?