अपडेट
गण्डकी सरकारको निर्णयपछि यातायात व्यवसायी आन्तरिक छलफलमा
मङ्गलबार, २० जेठ २०८२, १९ : ५९

काठमाडौँ । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गरेसँगै यातायात व्यवसायी आन्तरिक छलफलमा जुटेका छन् ।
आन्दोलन स्थगित गर्ने कि कसरी अघि बढ्ने भन्नेबारे आवश्यक निर्णय गर्न मङ्गलबार साँझ राजधानीमा बैठक बसिरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले रातोपाटीलाई जानकारी दिए ।
‘हामी आन्तरिक बैठकमा छौँ, केही समयमा ठोस निर्णय गरेर निर्णय सार्वजनिक गर्छौँ’, उनले भने । केन्द्र सरकारको पत्र बमोजिम गण्डकी प्रदेश सरकारले आजै नियमावलीको कार्यान्वयन एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।