अपडेट
गण्डकी सरकारको निर्णयपछि यातायात व्यवसायी आन्तरिक छलफलमा
मङ्गलबार, २० जेठ २०८२, १९ : ५९
काठमाडौँ । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गरेसँगै यातायात व्यवसायी आन्तरिक छलफलमा जुटेका छन् ।
आन्दोलन स्थगित गर्ने कि कसरी अघि बढ्ने भन्नेबारे आवश्यक निर्णय गर्न मङ्गलबार साँझ राजधानीमा बैठक बसिरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले रातोपाटीलाई जानकारी दिए ।
‘हामी आन्तरिक बैठकमा छौँ, केही समयमा ठोस निर्णय गरेर निर्णय सार्वजनिक गर्छौँ’, उनले भने । केन्द्र सरकारको पत्र बमोजिम गण्डकी प्रदेश सरकारले आजै नियमावलीको कार्यान्वयन एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण