भूकम्पको त्रासबिच पाकिस्तानको जेलबाट २०० भन्दा बढी कैदी फरार

समाचार सारांश
- कराचीस्थित जेलमा भूकम्पको धक्कापछि २०० भन्दा बढी कैदी फरार भए।
- फरार कैदीमध्ये ८७ जना पक्राउ परेका छन् भने एक जनाको मृत्यु भएको छ।
- भूकम्पका कारण कैदीहरू त्रसित भएर भागेका थिए, घटनापछि जेल सेवा प्रमुखलाई हटाइयो।
कराची । पाकिस्तानको विशाल तटीय सहर कराचीस्थित एक जेलबाट भूकम्पका क्रमिक धक्का आएपछि २०० भन्दा बढी कैदी फरार भएका छन् ।
कुल २१६ जना फरार कैदीमध्ये करिब ८७ जनालाई पक्राउ गरिएको र बाँकी अझै फरार रहेको सिन्ध प्रान्तका सूचना मन्त्री शर्जील इनाम मेमनले जानकारी दिए।
जेलबाट भाग्ने क्रममा एक कैदीको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्, जसमा केही सुरक्षाकर्मीसमेत छन् । घटना स्थानीय समयअनुसार बिहान करिब १ः३० बजे भएको हो ।
“भूकम्पको कारण कैदीहरूमा त्रास फैलिएको थियो,” मेमनले भने।
घटनापछि प्रान्तीय सरकारको जेल सेवा प्रमुखलाई पदबाट हटाइएको उनले जानकारी दिए ।
पाकिस्तानका जेलहरू प्रायः भिडभाड, खराब अवस्था, भ्रष्टाचार र मानवअधिकार उल्लङ्घनका कारण बदनाम छन् । साथै, न्यायिक प्रक्रिया ढिलो हुने भएकाले कैदीहरू लामो समयसम्म थुनामा बस्न बाध्य हुने गरेको बताइएको छ ।
सिन्ध मौसम विज्ञान कार्यालयका कार्यकारी प्रमुख आमिर हैदर लघारीले एएफपीसँग कुरा गर्दै कराचीमा पछिल्ला तीन दिनमा २० भन्दा बढी भूकम्पका धक्का मापन गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटनकर्मी तुलाचन र गुरूङ सम्मानित
-
भ्रष्टाचार मुद्दा दायर भएपछि माधव नेपालले भने - नबिराउनू, नडराउनू
-
‘टेक एन्ड पे’को व्यवस्थाले ऊर्जा क्षेत्र तरङ्गित, उत्पादन बन्द गर्ने चेतावनी
-
माधव नेपालमाथि भ्रष्टाचार मुद्दा : ‘सुशासन कि राजनीतिक प्रतिशोध ?’
-
राजतन्त्र कहिल्यै आउँदैन, त्यसको पक्षमा आन्दोलन गर्नु बेकार हो : शेर बहादुर देउवा
-
कृतिमा परेको प्रभावलाई विभिन्न माध्यमबाट चित्रित गर्दै कला प्रदर्शनी