एमाले नेता कार्यकर्ताको झोलामा के छ ? शंकरले दिए यस्तो जवाफ
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओलीले 'झोले पोस्टर' सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा बहस सुरु भयो।
- एमाले महासचिव शंकर पोखरेलले पार्टी नेता कार्यकर्ताको झोलामा के छ भन्ने प्रश्नको जवाफ सात बुँदामा दिए।
- पोखरेलले 'समृद्ध नेपाल सुखी नेपाली' बनाउन एमालेको झोला बोक्न र भ्रमबाट मुक्त हुन आग्रह गरे।
काठमाडौँ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले झोले पोस्टर सार्वजनिक गरेपछि सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा समेत ‘झोले बहस’ भइरहेको छ । एमाले नेता कार्यकर्ताले ओलीले सेयर गरेको पोस्टर सेयर अभियान नै चलाएका छन् ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले बुधबार नेकपा (एमाले) को नेता र कार्यकर्ताको झोलामा के छ ? भन्नेहरूका लागि जवाफ दिएका छन् ।
उनले सात बुँदामा जवाफ दिँदै ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पुरा गर्न नेकपा (एमाले) को झोला गौरवका साथ बोक्न आग्रह समेत गरेका छन् । ‘प्रतिक्रियावादीहरुले नेकपा (एमाले) का विरुद्धमा प्रतिक्रियावादी र प्रतिगामीहरूले सिर्जना गरेका सबै प्रकारका भ्रमहरूबाट नेपाली समाजलाई मुक्त गर्ने अभियानमा जुटौँ’, महासचिव पोखरेलले भनेका छन् ।
यस्तो छ महासचिव पोखरेलको जवाफ :
नेकपा (एमाले) को नेता र कार्यकर्ताको झोलामा के छ ? भन्नेहरूका लागि
१ मार्क्सवादी दर्शन : द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद
२ मार्क्सवादको सिर्जनात्मक विकासका क्रममा विकसित जनताको बहुदलीय जनवादको मौलिक कार्यक्रम र सिद्धान्त
३ जबजको प्रयोग र विकासका क्रममा विकसित परिपूर्ण लोकतन्त्रको मान्यता
४ नेपालको राष्ट्रिय हितमा आधारित असंलग्नता र पञ्चशीलको सन्तुलित परराष्ट्र नीति
५ जबजको सिद्धान्तमा आधारित पार्टी जीवनको लोकतान्त्रीकरणको नयाँ मान्यता
६ जनतासँगको घनिष्ठ सम्बन्धमा आधारित जीवनशैली र आचरणको परम्परा
७ प्रतिस्पर्धा, पहलकदमी र श्रेष्ठताको मान्यतामा आधारित समाजवाद निर्माणको नेपाली मार्गचित्र
आउनुहोस् ’समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पुरा गर्नका लागि नेकपा (एमाले) को झोला गौरवका साथ बोकौँ । प्रतिक्रियावादीहरुले नेकपा (एमाले) का विरुद्धमा प्रतिक्रियावादी र प्रतिगामीहरूले सिर्जना गरेका सबै प्रकारका भ्रमहरूबाट नेपाली समाजलाई मुक्त गर्ने अभियानमा जुटौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण