ग्राण्डी अस्पतालमा स्कोलियोसिस सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौँ । काठमाडौँको धापासीमा रहेको ग्राण्डी अस्पतालमा ढाडको बाङ्गोपनासँग सम्बन्धित स्कोलियोसिस बारे सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अस्पतालमा आयोजित सचेतना कार्यक्रममा स्कोलियोसिसका अप्रेसन गरेका बिरामी आफन्तजन तथा अस्पतालका डाक्टर, नर्स कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
संसारभर अंग्रेजी महिनाको जूनलाई स्कोलियोसिस जनचेतना महिनाका रूपमा विभिन्न कार्यक्रम गर्दै मनाइँदै आइएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद बिजुक्छेले स्कोलियोसिसको समस्या जन्मदेखि नै हुने गरे पनि बढी मात्रामा १० देखि २० वर्ष उमेर समूहका बालबालिकामा हुने गरेको बताए ।
जन्मजात बाहेक नशा सम्बन्धी समस्याको कारण पनि उक्त समस्या देखिने गरेको डा बिजुक्छेको भनाई छ । स्कोलियोसिसको समस्या छोराहरूको तुलनामा छोरीहरूमा बढी मात्रामा हुने गरेको पाइन्छ । एक जना छोरामा देखियो भने सात जना छोरीहरूमा यो समस्या देखिने सम्भावना रहेको डा.बिजुक्छेले बताए ।
डा.बिजुक्छेले मेरुदण्डको भाग बाङ्गो हुँदै गएको अवस्थामा यसले बच्चाहरूको फोक्सो र मुटुको कामलाई असर पुर्याउने गरेको भन्दै समयमै उपचार गर्नु जरुरी रहेको बताए ।
नेपालमा सन् २००६ बाट स्कोलियोसिसको शल्यक्रिया सुरु गरिएको थियो । कार्यक्रममा स्कोलियोसिसका अप्रेसन गरेका बिरामी तथा आफन्तजनले स्कोलियोसिस समस्याका कारण भोग्नु परेका शारीरिक तथा मानसिक पीडा साथै उपचार पश्चात आफ्नो जीवनमा आएको परिवर्तन लगायतका विषयमा आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छ : सभापति देउवा
-
बस्ती विकासका नाममा ३ हजारभन्दा बढी टुक्रे योजना, तीन नेताका जिल्लामा खातैखात
-
रेशमपछि उच्च अदालत पाटनमा महिमानसिंह विष्टको पनि निवेदन, आज सुनुवाइ
-
व्यक्तिगत तहमा उत्रेर जुधिरहेका छन् ट्रम्प–मस्क
-
वाईसीएलको निर्वाचन कार्यतालिका फेरि सर्यो
-
गण्डकीमा माओवादीले छाड्यो लेखा समिति