ग्राण्डी अस्पतालमा स्कोलियोसिस सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
काठमाडौँ । काठमाडौँको धापासीमा रहेको ग्राण्डी अस्पतालमा ढाडको बाङ्गोपनासँग सम्बन्धित स्कोलियोसिस बारे सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अस्पतालमा आयोजित सचेतना कार्यक्रममा स्कोलियोसिसका अप्रेसन गरेका बिरामी आफन्तजन तथा अस्पतालका डाक्टर, नर्स कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
संसारभर अंग्रेजी महिनाको जूनलाई स्कोलियोसिस जनचेतना महिनाका रूपमा विभिन्न कार्यक्रम गर्दै मनाइँदै आइएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद बिजुक्छेले स्कोलियोसिसको समस्या जन्मदेखि नै हुने गरे पनि बढी मात्रामा १० देखि २० वर्ष उमेर समूहका बालबालिकामा हुने गरेको बताए ।
जन्मजात बाहेक नशा सम्बन्धी समस्याको कारण पनि उक्त समस्या देखिने गरेको डा बिजुक्छेको भनाई छ । स्कोलियोसिसको समस्या छोराहरूको तुलनामा छोरीहरूमा बढी मात्रामा हुने गरेको पाइन्छ । एक जना छोरामा देखियो भने सात जना छोरीहरूमा यो समस्या देखिने सम्भावना रहेको डा.बिजुक्छेले बताए ।
डा.बिजुक्छेले मेरुदण्डको भाग बाङ्गो हुँदै गएको अवस्थामा यसले बच्चाहरूको फोक्सो र मुटुको कामलाई असर पुर्याउने गरेको भन्दै समयमै उपचार गर्नु जरुरी रहेको बताए ।
नेपालमा सन् २००६ बाट स्कोलियोसिसको शल्यक्रिया सुरु गरिएको थियो । कार्यक्रममा स्कोलियोसिसका अप्रेसन गरेका बिरामी तथा आफन्तजनले स्कोलियोसिस समस्याका कारण भोग्नु परेका शारीरिक तथा मानसिक पीडा साथै उपचार पश्चात आफ्नो जीवनमा आएको परिवर्तन लगायतका विषयमा आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनको पूर्वसन्ध्यामा चितवनमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त
-
शनिबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
कीर्तिमानी गोलसँगै पहिलो हाफमा मोरक्को १–० ले अगाडि, दबाबमा स्कटल्याण्ड
-
विश्वकप २०२६ को सबैभन्दा छिटो गोल: खेल सुरु भएको २ मिनेटमै मोरक्कोको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण