१२ बजे १२ समाचार: यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको आदेश, फेरियो राजावादीको रणनीति

वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको आदेश
यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । बुधबार न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले अल्पकालीन आदेश जारी गरेको हो । साथै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
२. निरन्तर बयान
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख (सहसचिव) तीर्थराज भट्टराईसँग भिजिट भिसा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निरन्तर बयान लिन थालेको छ ।
३. विपक्षीलाई सत्तापक्षको जवाफ
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नगरे पनि छानबिन आयोग गठन गर्नुपर्ने विपक्षीको मागलाई सत्तापक्षले कुनै हालतमा स्विकार्न नसकिने जनाएको छ ।
४. राजावादी समूहको बैठक
राजसंस्था पुनस्र्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिले आन्दोलनको नयाँ रणनीति तय गरेको छ । बुधबार संयुक्त जनआन्दोलन समितिमा आबद्ध ४५ दल, समूह र अभियानको बैठकले आन्दोलनलाई थप सशक्त बनाउँदै देशव्यापी आन्दोलन गरिने बताएको हो ।
५.मन्त्रिपरिषद् बैठक
जेठ १५ र १९ गते मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरिएका छन् । मन्त्रिपरिषद् बैठकले विभिन्न चार विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गरेको छ ।
६.अग्नि सापकोटाविरुद्धको रिट
पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको अपहरण र ज्यान मार्ने मुद्दासम्बन्धी रिटहरू सर्वोच्च अदालतले तीन थरी आदेश गरेको छ ।
७. तीनकुने घटना
तीनकुने घटनाबारेको थुनछेक पुरा नभएपछि हेर्दाहेर्दैमा राखिएको छ । दुर्गा प्रसाईं सहित थुनामा रहेका ३९ जना विरुद्ध बुधबार सरकारको तर्फबाट चार जना सरकारी वकिलले बहस गरेका छन् ।
८. मोरङको कानेपोखरीमा राजनीतिक संरक्षणमा व्यापक अवैध उत्खनन
मोरङको कानेपोखरी गाउँपालिकाभित्रका खोलामा प्राकृतिक स्रोतहरूको अवैध उत्खनन हुने गरेको पाइएको छ । गाउँपालिकाको स्वीकृतिविना ठेक्का प्रक्रिया नपुर्याई स्काभेटर र जेसीबीलगायत उपकरणहरू प्रयोग गरी नदीजन्य स्रोतको व्यापक दोहन भएको पाइएको हो ।
९. लगानीमैत्री वातावरण
बैंकहरूले नेपालमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट नवीकरणीय ऊर्जामा विदेशी लगानीका लागि हेजिङ (भविष्यमा सम्भावित वित्तीय घाटाबाट जोगिन अपनाइने जोखिम न्यूनीकरण रणनीति) चुनौतीपूर्ण रहेको बैंकर तथा विज्ञहरूले बताएका छन् ।
१०. विद्यालय शिक्षा विधेयक
विद्यालय शिक्षा विधेयकमाथिको छलफल अनिश्चित बनेको छ । संसदीय समितिमा उक्त विधेयकमा कहिलेदेखि छलफल हुन्छ भन्ने टुङ्गो लाग्न नसकेको हो ।
११. वाईसीएल नेतृत्वबारे खुमलटारमा जुटेन सहमति, भोलि निर्वाचन हुने
वाइसीएल को सहमतिमा नेतृत्व छनोटमा सहमति नभएपछि निर्वाचन प्रक्रियामा जाने भएको छ । सहमतिबाट नै नेतृत्व छनोट गर्न बिहानैदेखि युवा सङ्गठन समन्वय संयोजक शक्ति बस्नेत, इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा, वाईसीएल अध्यक्ष सुबोध शेर्पालीले सक्रिय भूमिका खेलेका थिए । तर उनीहरूको प्रयास असफल भएपछि सहमतिका लागि नेताहरू दिउँसो पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेका थिए ।
खुमलटारमा बैठकमा समेत सहमति नभएको संयोजक तथा पार्टी उपमहासचिव बस्नेतले जानकारी दिए । ‘सहमति हुने सम्भावना देखिएन । भोलि (बिहीबार) निर्वाचन प्रक्रियामा जान्छ’, उनले भने ।
१२. नेदरल्यान्डस ५ विकेटले पाराजित
पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्डसविरुद्धको खेलमा नेपालले जित हात पारेको छ । बुधबार स्कटल्याण्डको फोर्थिल क्रिकेट ग्राउन्डमा भएको खेलमा नेदरल्यान्डसविरुद्ध ५ विकेटले जित हात पारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउने तयारी सुरु
-
नागढुंगाबाट ४५ लाखको सुनसहित भारतीय नागरिक पक्राउ
-
माधव नेपालको बदनियत देखाउन यस्ता छन् अख्तियारले लिएका आधार
-
विकासको चाहनालाई पूरा गर्ने शिक्षा अहिलेको आवश्यकता : राष्ट्रपति पौडेल
-
फ्राईडे रिलिज : हलमा लागेँ ‘जन्ते बाख्रो’ र ‘हाउसफुल ५’
-
स्याङजामा स्कुटर ट्रकसँग ठोकियो, युवतीको मृत्यु