शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय
आईसीसी विश्वकप लिग २ः

आईसीसी विश्वकप लिग २ः नेदरल्यान्डसविरुद्ध नेपाल ५ विकेटले विजयी

बुधबार, २१ जेठ २०८२, २३ : ४५
बुधबार, २१ जेठ २०८२

समाचार सारांश

  • नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गर्दै आईसीसी विश्वकप लिग २ मा जित हासिल गर्यो।
  • नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्दै २२६ रनको लक्ष्य दिएको थियो, जुन नेपालले ४७.१ ओभरमा पूरा गर्यो।
  • खेल स्कटल्याण्डको फोर्थिल क्रिकेट ग्राउन्डमा भएको थियो, र यो नेपालको लगातार दोस्रो जित हो।

काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्डसविरुद्धको खेलमा नेपालले जित हात पारेको छ ।  

बुधबार स्कटल्याण्डको फोर्थिल क्रिकेट ग्राउन्डमा भएको खेलमा नेदरल्यान्डसविरुद्ध ५ विकेटले जित हात पारेको हो । टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९ दशमलव १ ओभरमा अलआउट हुँदै नेपाललाई २ सय २६ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको नेपालले खेलको ओभरमा ४७.१ ओभरमा ५ विकेट गुमउँदै जित हात पारेको हो । 

नेपालले नेदरल्यान्डसका दुवै ओपनर माइकल लेभिट र म्याक्स ओ डाउडलाई सस्तैमा आउट गर्न सफल भयो । पहिलो विकेटका रुपमा दोस्रो ओभरको पहिलो बलमा सोमपाल कामीले लेभिटलाई १ रन जोडेको अवस्थामा आउट गराए भने अर्का ओपनर म्याक्स ओ डाउडलाई करन केसीले ४ रनमा आउट गराए । 

कप्तान स्कट एडवार्डस ४६ रन र विक्रमजित सिंह ३८ रनमा आउट भए । एडवार्ड ललित राजवंशीको बलिङमा रोहित पौडेलको हातबाट क्याच आउट भए भने सिंह सन्दी लामिछानेको बलमा आरिफ शेखबाट क्याच आउट भए ।  

त्यस्तै ज्याक लियोन क्याचेट २७, तेजा निदामनरु १३ तथा नोख क्रोसले ४८ रन बनाए । 

आजको खेलमा सोमपाल कामीले तीन तथा करन, सन्दीप तथा ललितले समान २/२ विकेट लिन सफल भए ।

नेपालका तर्फबाट आरिफ शेखले सर्वाधिक ७८ (९९बल) रनको योगदान दिए । उनले बलमा ७ चौक र २ छक्काको प्रहार गरे । त्यस्तै, दिपेन्द्रसिहं ऐरीले ५१ बलमा ३८ रन बनाए भने ओपनर कुशल भुर्तेलले ४२ बलमा २५ रनको योगदान गरे । कप्तान रोहित पौडेलले २३ रन , आशिफ शेख १९, भीम सार्की ११ र गुल्शन झाले ११ रन बनाएका थिए।

नेपालले सोमबार भएको पहिलो खेलमा स्कटल्याण्डलाई १ विकेटले हराएको थियो ।

सिरिजमा सुरुवाती दुई खेलमा जित निकालेसँगै नेपालले १४ खेलबाट १० अंक जोड्दै अंक तालिकाे सातौं स्थानमा छ। 

२० खेल खेलिसकेको अमेरिका २८ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ। २६ अंक जोडेको नेदरल्यान्ड्स दोस्रो र ओमान २४ अंकसहित तेस्रो स्थानमा छन्। 

२० अंक सहित स्कटल्याण्ड चौथो स्थानमा छ भने समान २० अंकसहित क्यानडा पाँचौं स्थानमा छ। नामिबिया १४ अंकका साथ छैटौं स्थानमा रहँदा युएईले ६ अंक जाेड्दै ७ आठाैं स्थानमा रहेकाे छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप