अग्निबारे माओवादीले सर्वोच्चको पूर्णपाठ आएपछि धारणा बनाउने
सारांश
- माओवादी केन्द्रले नेता अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चको आदेशबारे पूर्ण पाठ पर्खिने भएको छ।
- पार्टी पदाधिकारी बैठकले सर्वोच्चको आदेशप्रति असन्तुष्टि जनाउँदै शान्ति प्रक्रियालाई असर पार्न सक्ने चिन्ता व्यक्त गरेको छ।
- प्रवक्ता अग्नि सापकोटाले पूर्ण पाठ आएपछि मात्र आधिकारिक धारणा बनाइने बताएका छन् र बाहिर आएका कुरालाई सतही भनेका छन्।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेता अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको आदेशको पूर्ण पाठ आएपछि मात्रै आधिकारिक धारणा बनाउने भएको छ । बिहीबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा सर्वोच्चको उक्त आदेशप्रति असन्तुष्टि समेत जनाएको छ ।
बैठकपछि उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्नि सापकोटाले यसबारे पार्टीको आधिकारिक धारणा पूर्ण पाठ आएपछि मात्रै बन्ने बताए । ‘यसबारे धेरै छलफल गर्नुपर्ने अवस्था छैन, जब पूर्ण पाठ आउँछ त्यसको अध्ययन हुन्छ । अनि पार्टीको आधिकारिक धारणा बन्छ’, सापकोटाको भनाइ छ । उनले बाहिर आइरहेका विषयहरू सतही मात्र रहेको टिप्पणी गरे ।
सर्वोच्च अदालतले पूर्व सभामुखसमेत रहेको माओवादी उपाध्यक्ष सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दामा छानबिन अघि बढाउन आदेश दिएको थियो । उक्त आदेशका बारेमा भएको माओवादी बैठकमा शान्ति प्रक्रियालाई गिजोल्न सक्नेतर्फ सचेत हुनुपर्नेमा नेताहरूले धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण