फिल्म ‘मोहर’ को नयाँ पोस्टर : नीति र बेनिशाको अँगालोमा पल
सारांश
- फिल्म 'मोहर' को नयाँ पोस्टर सार्वजनिक, जसमा नायक पल शाहको दोहोरो अवतार देखाइएको छ।
- पोस्टरमा पल शाह नायिका वेनिशा हमाल र नीति शाहसँग देखिएका छन्, जसले फिल्ममा उनको दोहोरो भूमिकाको संकेत गर्छ।
- फिल्म 'मोहर' साउन २३ गते रिलिज हुने भएको छ र यसको टिजर जेठ २७ गते सार्वजनिक हुनेछ।
काठमाडौँ । साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । ओम प्रतीकको लेखन तथा निर्देशन रहेको फिल्मको नयाँ पोस्टरमा नायक पल शाहको दोहोरो अवतार देखिन्छ ।
पल नायिका वेनिशा हमालसँग लामो कपाल पालेर अँगालोमा बाँधिएका छन् भने छोटो कपालको साथमा नायिका नीति शाहको अँगालोमा बाँधिएको देख्न सकिन्छ । यसले कतै पल फिल्ममा दोहोरो भूमिकामा त छैनन् भन्ने उत्सुकता दर्शकमाझ जगाएको छ ।
फिल्म ‘मोहर’ लाई ‘अलिखित नियमहरूमा आधारित कथा’ भनिएको छ । फिल्मको टिजर जेठको २७ गते सार्वजनिक हुँदैछ । यसैले पोस्टरबाटै दर्शकमाझ निर्माण पक्षले कौतुहलता जगाउन खोजेको प्रस्ट हुन्छ ।
चुम्बनजंग शाहीको निर्माणमा तयार भएको फिल्ममा अर्जुनजंग शाही, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी र बालकलाकार सारा शर्माको पनि मुख्य भूमिका छ ।
दिपेन बस्न्यातको छायाङ्कन रहेको यो फिल्ममा कुमार महर्जनको एक्सन, सुरेश अधिकारी र एसडी योगीको सङ्गीत, प्रमोद ढुङ्गाना र हर्क साउदको शब्द छ । फिल्म मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्ममा गिरिराज घिमिरे मुख्य सहायक निर्देशक र लक्ष्मणराज पौडेल निर्माण नियन्त्रकको रूपमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण