शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

फिल्म ‘मोहर’ को नयाँ पोस्टर : नीति र बेनिशाको अँगालोमा पल

बिहीबार, २२ जेठ २०८२, १४ : ५८
बिहीबार, २२ जेठ २०८२

समाचार सारांश

  • फिल्म 'मोहर' को नयाँ पोस्टर सार्वजनिक, जसमा नायक पल शाहको दोहोरो अवतार देखाइएको छ।
  • पोस्टरमा पल शाह नायिका वेनिशा हमाल र नीति शाहसँग देखिएका छन्, जसले फिल्ममा उनको दोहोरो भूमिकाको संकेत गर्छ।
  • फिल्म 'मोहर' साउन २३ गते रिलिज हुने भएको छ र यसको टिजर जेठ २७ गते सार्वजनिक हुनेछ।

काठमाडौँ । साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । ओम प्रतीकको लेखन तथा निर्देशन रहेको फिल्मको नयाँ पोस्टरमा नायक पल शाहको दोहोरो अवतार देखिन्छ ।

पल नायिका वेनिशा हमालसँग लामो कपाल पालेर अँगालोमा बाँधिएका छन् भने छोटो कपालको साथमा नायिका नीति शाहको अँगालोमा बाँधिएको देख्न सकिन्छ । यसले कतै पल फिल्ममा दोहोरो भूमिकामा त छैनन् भन्ने उत्सुकता दर्शकमाझ जगाएको छ । 

फिल्म ‘मोहर’ लाई ‘अलिखित नियमहरूमा आधारित कथा’ भनिएको छ । फिल्मको टिजर जेठको २७ गते सार्वजनिक हुँदैछ । यसैले पोस्टरबाटै दर्शकमाझ निर्माण पक्षले कौतुहलता जगाउन खोजेको प्रस्ट हुन्छ । 

चुम्बनजंग शाहीको निर्माणमा तयार भएको फिल्ममा अर्जुनजंग शाही, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी र बालकलाकार सारा शर्माको पनि मुख्य भूमिका छ ।

दिपेन बस्न्यातको छायाङ्कन रहेको यो फिल्ममा कुमार महर्जनको एक्सन, सुरेश अधिकारी र एसडी योगीको सङ्गीत, प्रमोद ढुङ्गाना र हर्क साउदको शब्द छ । फिल्म मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्ममा गिरिराज घिमिरे मुख्य सहायक निर्देशक र लक्ष्मणराज पौडेल निर्माण नियन्त्रकको रूपमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप