शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

‘अभिमन्यु’ भदौ २७ मा रिलिज हुने

बिहीबार, २२ जेठ २०८२, १५ : २३
बिहीबार, २२ जेठ २०८२

काठमाडौँ । फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै फिल्म रिलिज जानकारी दिएको हो ।

पोस्टर तराइको सेटअपमा छ । धानबारीको फाँट र छेउमा केराको बगानले तराईको सेटअप देखाउँछ । धानबारीमा एक युवकले सानी नानीलाई सरकारी स्कुलको पोसाकमा आफ्नो हातमा किताब र कपी च्यापेर बोकेर लैजाँदै गरेको देखिन्छ । उनीहरू दुवै मधेसी समुदायका छन् । चलचित्रको कथा बारे निर्माण टिमले केही जानकारी दिएको छैन ।

‘अभिमन्यु : च्याप्टर–१’मा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया, सुष्मा निरौला लगायतको मुख्य भूमिका छ ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको फिल्ममा ‘अभिमन्यु: च्याप्टर–१’लाई सुशान्त गौतमले निर्देशन गरेका हुन् । उनको निर्देशनमा डेब्यु फिल्म हो । विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्ममा रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माताको रूपमा छन् । फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ हुन् । फिल्म विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप