‘अभिमन्यु’ भदौ २७ मा रिलिज हुने
काठमाडौँ । फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै फिल्म रिलिज जानकारी दिएको हो ।
पोस्टर तराइको सेटअपमा छ । धानबारीको फाँट र छेउमा केराको बगानले तराईको सेटअप देखाउँछ । धानबारीमा एक युवकले सानी नानीलाई सरकारी स्कुलको पोसाकमा आफ्नो हातमा किताब र कपी च्यापेर बोकेर लैजाँदै गरेको देखिन्छ । उनीहरू दुवै मधेसी समुदायका छन् । चलचित्रको कथा बारे निर्माण टिमले केही जानकारी दिएको छैन ।
‘अभिमन्यु : च्याप्टर–१’मा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया, सुष्मा निरौला लगायतको मुख्य भूमिका छ ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको फिल्ममा ‘अभिमन्यु: च्याप्टर–१’लाई सुशान्त गौतमले निर्देशन गरेका हुन् । उनको निर्देशनमा डेब्यु फिल्म हो । विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्ममा रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माताको रूपमा छन् । फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ हुन् । फिल्म विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण