आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा

शुक्रबार, २३ जेठ २०८२, २२ : ४७
शुक्रबार, २३ जेठ २०८२

समाचार सारांश

  • बङ्गलादेशको अन्तरिम सरकार प्रमुखले २०२६ को अप्रिलको पहिलो पन्ध्र दिनमा चुनाव हुने घोषणा गरे।
  • प्रमुख युनुसले निर्वाचन आयोगले निर्वाचनका लागि विस्तृत रोडम्याप बनाउने बताए, बीबीसी बङ्गालका अनुसार।
  • बीएनपी लगायतका दलहरूले चुनावको माग गरिरहेका थिए, तर युनुसले यसअघि डिसेम्बर वा जुनमा चुनाव हुनुपर्ने बताउँदै आएका थिए।

काठमाडौँ। बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले देशमा चुनावको सम्भावित मिति घोषणा गरेका छन्।

शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै युनुसले चुनाव २०२६ को अप्रिलको पहिलो पन्ध्र दिनमा हुने बताएका हुन्।

सम्बोधनको क्रममा प्रमुख युनुसले यसै घोषणाको आधारमा निर्वाचन आयोगले उपयुक्त समयमा निर्वाचनको लागि विस्तृत रोडम्याप प्रदान गर्ने पनि बताएको बीबीसी बङ्गालले जनाएको छ।

त्यहाँको मुख्य राजनीतिक पार्टी बङ्गलादेश नेश्नलिस्ट पार्टी  (बीएनपी) लगायतका दलहरूले लगातार चुनावको लागि माग गरिरहेका थिए । बीएनपीले यस वर्ष डिसेम्बरसम्ममा चुनावको माग गरिरहेको थियो। यद्यपि, युनुसले यस वर्षको डिसेम्बर र अर्को वर्षको जुन बीचमा चुनाव गरिनुपर्ने कुरा धेरै पटक भन्दै आएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप