बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा
शुक्रबार, २३ जेठ २०८२, २२ : ४७
सारांश
- बङ्गलादेशको अन्तरिम सरकार प्रमुखले २०२६ को अप्रिलको पहिलो पन्ध्र दिनमा चुनाव हुने घोषणा गरे।
- प्रमुख युनुसले निर्वाचन आयोगले निर्वाचनका लागि विस्तृत रोडम्याप बनाउने बताए, बीबीसी बङ्गालका अनुसार।
- बीएनपी लगायतका दलहरूले चुनावको माग गरिरहेका थिए, तर युनुसले यसअघि डिसेम्बर वा जुनमा चुनाव हुनुपर्ने बताउँदै आएका थिए।
काठमाडौँ। बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले देशमा चुनावको सम्भावित मिति घोषणा गरेका छन्।
शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै युनुसले चुनाव २०२६ को अप्रिलको पहिलो पन्ध्र दिनमा हुने बताएका हुन्।
सम्बोधनको क्रममा प्रमुख युनुसले यसै घोषणाको आधारमा निर्वाचन आयोगले उपयुक्त समयमा निर्वाचनको लागि विस्तृत रोडम्याप प्रदान गर्ने पनि बताएको बीबीसी बङ्गालले जनाएको छ।
त्यहाँको मुख्य राजनीतिक पार्टी बङ्गलादेश नेश्नलिस्ट पार्टी (बीएनपी) लगायतका दलहरूले लगातार चुनावको लागि माग गरिरहेका थिए । बीएनपीले यस वर्ष डिसेम्बरसम्ममा चुनावको माग गरिरहेको थियो। यद्यपि, युनुसले यस वर्षको डिसेम्बर र अर्को वर्षको जुन बीचमा चुनाव गरिनुपर्ने कुरा धेरै पटक भन्दै आएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण