भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो
शुक्रबार, २३ जेठ २०८२, २२ : २९
सारांश
- भारतमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या ५ हजार नाघ्यो। स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार देशभर ५,३६४ जना सङ्क्रमित छन्।
- केरलामा सबैभन्दा बढी १,६७९ सङ्क्रमित फेला परेका छन् भने गुजरातमा ६१५ जनामा सङ्क्रमण पुष्टि भएको छ।
- कोरोना संक्रमणबाट हालसम्म भारतमा ५५ जनाको मृत्यु भएको छ। पश्चिम बंगाल र दिल्लीमा पनि संक्रमितको संख्या उल्लेख्य छ।
काठमाडौँ । भारतमा कोभिड– १९ का सङ्क्रमितहरूको सङ्ख्या ५ हजार बढी पुगेको छ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार भारतमा कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या ५ हजार ३ सय ६४ पुगेको हो ।
मन्त्रालयका अनुसार सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या केरलामा देखिएको छ। केरलामा मात्र १ हजार ६ सय ७९ जनामा सङ्क्रमण पुष्टि भएको छ भने गुजरातमा ६ सय १५ जना सङ्क्रमण देखिएको छ।
त्यस्तै, पश्चिम बंगालमा ५ सय ९६ र दिल्लीमा ५ सय ९२ जनामा सङ्क्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार २०२५ को हालसम्म देशमा कोरोनाका कारण ५५ जना बिरामीको मृत्यु भइसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण