भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो
शुक्रबार, २३ जेठ २०८२, २२ : २९

समाचार सारांश
- भारतमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या ५ हजार नाघ्यो। स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार देशभर ५,३६४ जना सङ्क्रमित छन्।
- केरलामा सबैभन्दा बढी १,६७९ सङ्क्रमित फेला परेका छन् भने गुजरातमा ६१५ जनामा सङ्क्रमण पुष्टि भएको छ।
- कोरोना संक्रमणबाट हालसम्म भारतमा ५५ जनाको मृत्यु भएको छ। पश्चिम बंगाल र दिल्लीमा पनि संक्रमितको संख्या उल्लेख्य छ।
काठमाडौँ । भारतमा कोभिड– १९ का सङ्क्रमितहरूको सङ्ख्या ५ हजार बढी पुगेको छ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार भारतमा कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या ५ हजार ३ सय ६४ पुगेको हो ।
मन्त्रालयका अनुसार सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या केरलामा देखिएको छ। केरलामा मात्र १ हजार ६ सय ७९ जनामा सङ्क्रमण पुष्टि भएको छ भने गुजरातमा ६ सय १५ जना सङ्क्रमण देखिएको छ।
त्यस्तै, पश्चिम बंगालमा ५ सय ९६ र दिल्लीमा ५ सय ९२ जनामा सङ्क्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार २०२५ को हालसम्म देशमा कोरोनाका कारण ५५ जना बिरामीको मृत्यु भइसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको बजेट लक्ष्यविहीन र सस्तो लोकप्रियताका लागि मात्रै : प्रतिपक्षी नेता महरा
-
६ महिनादेखि सम्पर्कविहीन नेपाली युवा दिल्लीमा जीवित फेला
-
लुम्बिनी प्रदेशले ल्यायो अघिल्लोभन्दा कम बजेट, कृषि क्षेत्रलाई उच्च प्राथमिकता
-
बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
सुदूरपश्चिम सरकारले ल्यायो ३३ अर्ब ४७ करोडको बजेट (पूर्णपाठ)
-
श्रेयसीले जितिन् ‘मिस एसईई इटहरी’को ताज