अदालत
तीनकुने प्रकरणमा १५ जना सरकारी वकिलले बहस गरे
अझै सकिएन सरकार तर्फको बहस
बिहीबार, २२ जेठ २०८२, २१ : ४६
सारांश
- तीनकुने प्रकरणमा बिहीबार थप ११ जना सरकारी वकिलहरूले बहस गरे। यसअघि ४ जनाले बहस गरेका थिए।
- दुर्गा प्रसाईंसहित ३९ जना राज्य विरुद्धको कसुर मुद्दामा थुनामा छन्।
- सरकारी वकिलको बहस पुरा नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस गर्नेछन्।
काठमाडौँ । तीनकुने प्रकरणमा बिहीबार थप ११ जना सरकारी वकिलहरूले बहस गरेका छन् । यसअघि ४ जना सरकारी वकिलले बहस गरेका थिए । सरकार तर्फकै बहस पुरा नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
राज्य विरुद्धको कसुर सहित ६ वटा मुद्दामा दुर्गा प्रसाईंसहित ३९ जना थुनामा छन् । मंगलबार सरकारको तर्फबाट काठमाडौँका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौला, सरकारी वकिलहरू पूर्ण केसी, गोविन्द प्रसाईं हुमागाईं र उदयचन्द्र अधिकारीले बहस गरेका थिए ।
सरकारी वकिलको बहस सकिएपछि प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस गर्नेछन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा प्रतिवादीहरूको थुनछेक बहस भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण