शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अदालत

तीनकुने प्रकरणमा १५ जना सरकारी वकिलले बहस गरे

अझै सकिएन सरकार तर्फको बहस
बिहीबार, २२ जेठ २०८२, २१ : ४६
बिहीबार, २२ जेठ २०८२

समाचार सारांश

  • तीनकुने प्रकरणमा बिहीबार थप ११ जना सरकारी वकिलहरूले बहस गरे। यसअघि ४ जनाले बहस गरेका थिए।
  • दुर्गा प्रसाईंसहित ३९ जना राज्य विरुद्धको कसुर मुद्दामा थुनामा छन्।
  • सरकारी वकिलको बहस पुरा नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस गर्नेछन्।

काठमाडौँ । तीनकुने प्रकरणमा बिहीबार थप ११ जना सरकारी वकिलहरूले बहस गरेका छन् । यसअघि ४ जना सरकारी वकिलले बहस गरेका थिए । सरकार तर्फकै बहस पुरा नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

राज्य विरुद्धको कसुर सहित ६ वटा मुद्दामा दुर्गा प्रसाईंसहित ३९ जना थुनामा छन् । मंगलबार सरकारको तर्फबाट काठमाडौँका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौला, सरकारी वकिलहरू पूर्ण केसी, गोविन्द प्रसाईं हुमागाईं र  उदयचन्द्र अधिकारीले बहस गरेका थिए । 

सरकारी वकिलको बहस सकिएपछि प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस गर्नेछन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा प्रतिवादीहरूको थुनछेक बहस भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप