चाँडै चीन भ्रमण जाँदै छन् ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको फोनवार्ता पछि चीन भ्रमण गर्ने योजना बनाएका छन्।
- ट्रम्पले सीलाई अमेरिका भ्रमणको लागि निम्तो दिएका छन्, तर भ्रमणको आधिकारिक पुष्टि भएको छैन।
- वार्तामा व्यापार र दुई देशबीचको सम्बन्धका विविध पक्षहरूमा छलफल भएको थियो, जसमा दुवै देशले एकअर्कालाई सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण गर्ने योजनामा छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग फोनमा कुरा गरेपछि उनले यस्तो बताएका हुन् । उनले सीलाई पनि अमेरिका भ्रमणको लागि निम्तो दिएका छन् ।
तर दुवै देशले अहिलेसम्म आधिकारिक रूपमा कुनै भ्रमणको पुष्टि गरेका छैनन् । चिनियाँ मिडियाका अनुसार, ह्वाइट हाउसको अनुरोधमा दुई नेताहरूले फोनमा कुरा गरेका हुन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ह्यान्डलमा लेखेका छन् दुई बीचको कुराकानी डेढ घण्टासम्म चलेको थियो । यस अवधिमा धेरैजसो कुराकानी व्यापारबारे थियो । उनले यो पनि लेखेका छन् कि परिणाम दुवै देशका लागि सकारात्मक थियो ।
ओभल अफिसमा जर्मन चान्सलर फ्रेडरिक मेट्र्जसँगको भेटमा ट्रम्पले भने, ‘सी जिनपिङले मलाई चीन आउन आग्रह गरे र मैले उनलाई अमेरिका आउन आमन्त्रित गरेँ । हामी दुवैले यो प्रस्ताव स्वीकार गरेका छौँ ।’ आफू श्रीमतीसँग चीन भ्रमण गर्ने र सी आफ्नी श्रीमतीसँग अमेरिका भ्रमण गर्ने आशा आफूले गरेको उनले बताए ।
यद्यपि, चीनले जारी गरेको विज्ञप्तिमा ट्रम्पलाई दिइएको निमन्त्रणा मात्र उल्लेख गरिएको छ । ह्वाइट हाउसको निमन्त्रणामा त्यसमा उल्लेख गरिएको छैन ।
चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार, वार्ताका क्रममा सीले ट्रम्पलाई अमेरिकाले चीन विरुद्ध चालिएका नकारात्मक कदमहरू फिर्ता लिनुपर्ने बताएका थिए ।
उनले यो पनि भने कि चीनले सधैँ आफ्ना वाचाहरू पूरा गर्छ र दुवै पक्षले जेनेभामा हालै भएको सम्झौताको पालना गर्नुपर्छ । वास्तवमा, दुवै देशले एकअर्कालाई यो सम्झौता उल्लङ्घन गरेको आरोप लगाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण