जापानको चन्द्र अभियानमा ठुलो धक्का, चन्द्रमामा दुर्घटनाग्रस्त भयो निजी ल्यान्डर
शुक्रबार, २३ जेठ २०८२, १० : २८
सारांश
- जापानी निजी यान चन्द्रमामा अवतरण गर्ने प्रयास गर्दा दुर्घटनाग्रस्त भयो।
- आइस्पेस कम्पनीले ल्यान्डरसँगको सम्पर्क विच्छेद भएपछि मिसन असफल भएको घोषणा गर्यो।
- कम्पनीका सीईओले मिशनको असफलताको लागि माफी मागे र यो दोस्रो असफल प्रयास थियो।
टोकियो । शुक्रबार चन्द्रमामा अवतरण गर्ने प्रयास गर्दा एउटा निजी जापानी यान दुर्घटनाग्रस्त भएको छ । टोकियोस्थित कम्पनी आइस्पेसले ल्यान्डरसँग सम्पर्क विच्छेद भएको केही घण्टापछि मिसन असफल भएको घोषणा गरेको छ ।
उडान नियन्त्रकहरूले सम्पर्क स्थापित गर्न लामो समयसम्म कडा प्रयास गरे, तर तिनीहरू सफल भएनन् । ‘जे भयो त्यसलाई हामीले गम्भीर रूपमा लिएका छौं,’ मिसन असफल भएपछि आइस्पेशका संस्थापक एवं सीईओ ताकेशी हाकामादाले भनेका छन् ।
यस मिसनमा योगदान दिने सबैसँग उनले माफी पनि मागेका छन् । चन्द्रमाको सतहमा यान अवतरण गराउने कम्पनीको यो दोस्रो असफल प्रयास थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण