अदालत
एबीसी ओभरसिजका सञ्चालक शमशेर गहतराजलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
शुक्रबार, २३ जेठ २०८२, ११ : ०३
सारांश
- एबीसी ओभरसिजका सञ्चालक शमशेर गहतराज बहुविवाहको आरोपमा पक्राउ परेका छन्।
- गहतराजलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।
- शमशेर गहतराजले भावना गजुरेलसँग बहुविवाह गरेको आरोप छ, जेठी पत्नीले जाहेरी दिएकी थिइन्।
काठमाडौँ । बहुविवाह गरेको आरोपमा पक्राउ परेका एबीसी ओभरसिजका सञ्चालक शमशेर गहतराजलाई ललितपुर जिल्ला अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
बहुविवाह गरेको आरोपमा गहतराज जेठ २१ मा साँझ पक्राउ परेका थिए । शमशेर गहतराजले भावना गजुरेलसँग बहुविवाह गरेको आरोप छ । आरोपीहरूलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
गहतराज विरुद्ध उनकी जेठी पत्नीले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन् । उनीहरूविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । शमशेर गहतराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै शम्भु मार्गमा मेनपावर सञ्चालन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण