२०८४ मा डिजिटल वार हुन्छ, तयारी नगरे पाखा परिन्छ : गौतम

समाचार सारांश
- राजेन्द्र गौतमले पार्टी र नेतृत्वमाथि आक्रमण हुँदा कार्यकर्ता मौन बस्न नहुने बताए।
- गौतमले पार्टीमाथि गलत आरोप लाग्दा पनि नेताहरू मौन रहेको र यसलाई दुर्भाग्यपूर्ण भने।
- उनले आगामी निर्वाचनका लागि डिजिटल तयारी गर्नुपर्नेमा जोड दिए, नत्र पछि पर्ने चेतावनी दिए।
भक्तपुर । नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले पार्टी र नेतृत्वमाथि आक्रमण हुँदा पार्टी कार्यकर्ता मौन बस्न नहुने बताएका छन् ।
नेकपा एमाले बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागले शुक्रबार भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालामा बोल्दै गौतमले पार्टी र नेतृत्व माथि चौतर्फी आक्रमण हुँदा पनि एमालेका नेताहरूले नै आफ्नो धारणा सार्वजनिक नगर्नु दुर्भाग्य भएको बताएका हुन् ।
‘पार्टी माथि गलत आरोप लगाएर आक्रमण गर्दा पनि हामी धेरै नेता नै मौन बसेका छौँ’, गौतमको भनाइ छ ।
एमाले सरकारमा रहँदा गरेका धेरै कामका फेहरिस्त सञ्चारमाध्यम र सामाजिक सञ्जाल मार्फत जनताको बिचमा पुर्याउनुपर्नेमा जोड दिँदै गौतमले पार्टी प्रचारको काम सबैभन्दा महत्वको काम भएको बताए ।
‘२०८४ को निर्वाचनमा डिजिटल वार हुन्छ, यसको तयारी गरिएन भने हामी पाखा लाग्ने अवस्था आउँछ’, गौतमको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वाईसीएललाई प्रचण्डको निर्देशन : ‘प्रतिक्रियावादी र प्रतिगमनकारीविरुद्ध खरो रूपमा उभिनुहोस्’
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
जाजरकोटमा खुकुरी प्रहार गरेर भागेका दुई जना काठमाडौँबाट पक्राउ
-
बिरामीको चाप बढेपछि क्यान्सर अस्पतालमा थपियो फार्मेसी
-
‘बाढीले गाउँबस्ती डुवानमा पर्ने समस्या हट्यो’
-
१३औँ एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियनसिप मंगलबारदेखि