सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१३औँ एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियनसिप मंगलबारदेखि

सोमबार, २६ जेठ २०८२, १० : ४०
सोमबार, २६ जेठ २०८२

काठमाडौँ । नेपाल स्क्वास र्‍याकेट्स संघले यसै महिना एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीपको १३औँ संस्करण आयोजना गर्ने भएको छ । प्रतियोगिता सातदोबाटोस्थिति नेपाल स्क्वास संघको एकेडमी हलमा जेठ २७ देखि ३१ गतेसम्म सञ्चालन हुने संघले जनाएको छ । 

आयोजकका अनुसार, यसपटक प्रतियोगितामा एकल र टिम स्पर्धा समावेश गरिएको छ । प्रतियोगितामा पुरुषतर्फ ६ प्रदेशका टोलीको सहभागिता रहनेछ । सहभागी ६ वटा प्रदेशलाई दुई समूहमा विभाजन गरिएको छ । 

समूह ‘ए’ मा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र मधेश प्रदेश तथा समूह ‘बी’ मा बागमती प्रदेश, कोशी प्रदेश र कर्णाली प्रदेश रहेका छन् । प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन गरिने बताइएको छ । 

दुबै समूहबाट शीर्ष दुई स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । टिम स्पर्धामा भने हरेक टोलीमा चार खेलाडी रहने छन् । महिला टिम स्पर्धामा बागमती, गण्डकी र कोशी गरी तीन प्रदेशले भाग लिएका छन् । 

महिला टिम स्पर्धामा लिग चरणमा शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । प्रतियोगितामा पुरुष र महिला दुवै विधामा बागमती प्रदेशलाई उपाधिको दावेदारको रुपमा लिइएको छ । पुरुषतर्फ नेपालका नम्बर एक खेलाडी अरहन्त के सिम्ह र पासाङ ब्लोन बागमती प्रदेशमै छन् । 

बागमती प्रदेशको महिला टोलीमा पनि नेपालका नम्बर एक खेलाडी विपना ब्लोन र नम्बर दुई खेलाडी स्वस्थानी श्रेठ रहेका छन् । प्रतियोगिताको तयारी पूरा भइसकेको पनि आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप