१३औँ एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियनसिप मंगलबारदेखि
काठमाडौँ । नेपाल स्क्वास र्याकेट्स संघले यसै महिना एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीपको १३औँ संस्करण आयोजना गर्ने भएको छ । प्रतियोगिता सातदोबाटोस्थिति नेपाल स्क्वास संघको एकेडमी हलमा जेठ २७ देखि ३१ गतेसम्म सञ्चालन हुने संघले जनाएको छ ।
आयोजकका अनुसार, यसपटक प्रतियोगितामा एकल र टिम स्पर्धा समावेश गरिएको छ । प्रतियोगितामा पुरुषतर्फ ६ प्रदेशका टोलीको सहभागिता रहनेछ । सहभागी ६ वटा प्रदेशलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र मधेश प्रदेश तथा समूह ‘बी’ मा बागमती प्रदेश, कोशी प्रदेश र कर्णाली प्रदेश रहेका छन् । प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन गरिने बताइएको छ ।
दुबै समूहबाट शीर्ष दुई स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । टिम स्पर्धामा भने हरेक टोलीमा चार खेलाडी रहने छन् । महिला टिम स्पर्धामा बागमती, गण्डकी र कोशी गरी तीन प्रदेशले भाग लिएका छन् ।
महिला टिम स्पर्धामा लिग चरणमा शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । प्रतियोगितामा पुरुष र महिला दुवै विधामा बागमती प्रदेशलाई उपाधिको दावेदारको रुपमा लिइएको छ । पुरुषतर्फ नेपालका नम्बर एक खेलाडी अरहन्त के सिम्ह र पासाङ ब्लोन बागमती प्रदेशमै छन् ।
बागमती प्रदेशको महिला टोलीमा पनि नेपालका नम्बर एक खेलाडी विपना ब्लोन र नम्बर दुई खेलाडी स्वस्थानी श्रेठ रहेका छन् । प्रतियोगिताको तयारी पूरा भइसकेको पनि आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण