वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनमा कार्यकर्ताहरू नाचगानमा व्यस्त (तस्बिरहरू)
सारांश
- वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनमा कार्यकर्ताहरू नाचगानमा व्यस्त छन्। चुनावको तालिका परिवर्तन भएपछि समय बिताउन नाचगान गरिएको हो।
- सम्मेलनमा नयाँ कमिटी गठनका लागि सहमति प्रयास भइरहेको छ, जसले गर्दा चुनावको समय धकेलिएको छ। उम्मेदवारी दर्ताको समय पनि सारिएको छ।
- जेठ २० गतेसम्म चल्ने भनिएको सम्मेलन लम्बिएको छ। यसले युवा आन्दोलन र नयाँ नेतृत्व चयन गर्ने लक्ष्य राखेको छ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनमा कार्यकर्ताहरू नाचगानमा व्यस्त छन् । चुनावको तालिका बारम्बार परिवर्तन भएपछि सहभागीहरू नाचगान गरेर समय बिताइरहेका छन् ।
_mFVbgXiIiP.jpg)
आइतबारदेखि सुरु भएको तेस्रो राष्ट्रिय सम्मेलनमा सहमतिबाट नयाँ कमिटी गठनका लागि सहमति प्रयास भइरहँदा चुनावको समय धकेलिएको छ । दिउँसो एक बजे उम्मेदवारी दर्ताको तालिका रहेकोमा पुनः संशोधन गरी ३ः ३० को लागि सारिएको छ । निर्वाचन कमिटीले जारी गरेको सूचनामा निर्वाचन कार्यक्रममा थप संशोधन हुनसक्ने जनाइएको छ ।
_1XV4wVAJYV.jpg)
यही जेठ २० गतेसम्म चल्ने भनिएको तेस्रो राष्ट्रिय सम्मेलन लम्बिँदै गएको छ । सम्मेलनले उद्यमशीलता, नवप्रवर्तन र स्वरोजगारका लागि युवा आन्दोलनको आवश्यकता तथा सुशासन, सामाजिक न्याय, समृद्धि र समाजवादको नीति पारित गर्दै नयाँ नेतृत्व चयन गर्ने भनिएको थियो । वाईसीएल नेपालको यसअघि दोस्रो सम्मेलन २०७४ मा भएको थियो।
_HOcZIWwbUj.jpg)
_lUv0JzQ7WB.jpg)
_2Xe1JKQrNT.jpg)
_C38ty6PYcT.jpg)
_3rRJ5EFU0F.jpg)
_IBPaOwIeAX.jpg)
_1m3Ih2RUl9.jpg)
_JxHJHYPAMQ.jpg)
_hjepu0dcTB.jpg)
_SUu7oOXXHs.jpg)
_2cTsiurgim.jpg)
_gKA7Hs1e0j.jpg)
_vDoaIbREQd.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण