शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय
फोटोफिचर

वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनमा कार्यकर्ताहरू नाचगानमा व्यस्त (तस्बिरहरू)

शुक्रबार, २३ जेठ २०८२, १४ : २१
शुक्रबार, २३ जेठ २०८२

समाचार सारांश

  • वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनमा कार्यकर्ताहरू नाचगानमा व्यस्त छन्। चुनावको तालिका परिवर्तन भएपछि समय बिताउन नाचगान गरिएको हो।
  • सम्मेलनमा नयाँ कमिटी गठनका लागि सहमति प्रयास भइरहेको छ, जसले गर्दा चुनावको समय धकेलिएको छ। उम्मेदवारी दर्ताको समय पनि सारिएको छ।
  • जेठ २० गतेसम्म चल्ने भनिएको सम्मेलन लम्बिएको छ। यसले युवा आन्दोलन र नयाँ नेतृत्व चयन गर्ने लक्ष्य राखेको छ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनमा कार्यकर्ताहरू नाचगानमा व्यस्त छन् । चुनावको तालिका बारम्बार परिवर्तन भएपछि सहभागीहरू नाचगान गरेर समय बिताइरहेका छन् ।

ycl (1)

आइतबारदेखि सुरु भएको तेस्रो राष्ट्रिय सम्मेलनमा सहमतिबाट नयाँ कमिटी गठनका लागि सहमति प्रयास भइरहँदा चुनावको समय धकेलिएको छ । दिउँसो एक बजे उम्मेदवारी दर्ताको तालिका रहेकोमा पुनः संशोधन गरी ३ः ३० को लागि सारिएको छ । निर्वाचन कमिटीले जारी गरेको सूचनामा निर्वाचन कार्यक्रममा थप संशोधन हुनसक्ने जनाइएको छ ।

ycl (2)

यही जेठ २० गतेसम्म चल्ने भनिएको तेस्रो राष्ट्रिय सम्मेलन लम्बिँदै गएको छ ।  सम्मेलनले उद्यमशीलता, नवप्रवर्तन र स्वरोजगारका लागि युवा आन्दोलनको आवश्यकता तथा सुशासन, सामाजिक न्याय, समृद्धि र समाजवादको नीति पारित गर्दै नयाँ नेतृत्व चयन गर्ने भनिएको थियो । वाईसीएल नेपालको यसअघि दोस्रो सम्मेलन २०७४ मा भएको थियो।

ycl (3)ycl (4)ycl (5)ycl (6)ycl (7)ycl (8)ycl (9)ycl (10)ycl (11)

ycl (12)ycl (13)ycl (14)ycl (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप