आर्सनलमै रहने भए ब्राजिलियन डिफेन्डर ग्याब्रियल
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब आर्सनलका प्रभावशाली डिफेन्डर ग्याब्रियल म्यागाल्हेसले क्लबसँग नयाँ सम्झौता गरेका छन् । नयाँ सम्झौता अनुसार, अब उनी सन् २०२९ सम्म आर्सनलमा रहेने छन् ।
२७ वर्षीय ब्राजिलियन खेलाडी ग्याब्रियल सन् २०२० मा आर्सनलमा आबद्ध भएका थिए । उनलाई आर्सनलले फ्रान्सेली क्लब लिलेबाट दुई करोड ७० लाख पाउण्डमा खरिद गरेको थियो । उनले आर्सनलका लागि दुई सय १० खेल खेलिसकेका छन् ।
नयाँ सम्झौतापछि आफू थप उत्साही भएको ग्याब्रियलले बताएका छन् । ‘म युवा हुँदा नै आर्सनलमा आबद्ध भएको थिएँ । यो क्लबसँग मेरो भावनात्मक सम्बन्ध पनि जोडिएको छु । नयाँ सम्झौतापछि म थप उत्साही भएको छु,’ उनले भनेका छन् ।
सन् २०२४–२५ सिजनको अन्तिम दुई महिना उनी मैदानमा देखा परेका थिएनन् । ह्यामस्टिङ समस्याका कारण उनी उपचारमा ब्यस्त थिए । उनको अनुपस्थिति प्रिमियर लिगमा आर्सनलका लागि चिन्ताको विषय बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण