एन्फाद्वारा राष्ट्रिय महिला फुटबल टोलीका प्रमुख प्रशिक्षकलाई स्वागत
शुक्रबार, २३ जेठ २०८२, १६ : १७
काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोली (एन्फा) को प्रमुख प्रशिक्षकमा नियुक्त भएका बेल्जियमका प्याट्रिक डी वाइल्डलाई स्वागत गरिएको छ ।
शुक्रबार एन्फाले डी वाइल्डलाई स्वागत गरेको हो ।
युएफा प्रो-लाइसेन्सप्राप्त डी वाइल्डले यसअघि नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौँ रेजर्सको प्रशिक्षकको रूपमा काम गरिसकेका छन् । राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकका रूपमा यो उनको पहिलो जिम्मेवारी हो ।
उनीसँग अल्जेरिया र हंगेरीको राष्ट्रिय टोलीमा सहायक प्रशिक्षकको जिम्मेवारी सम्हालेको अनुभव छ । उनले चीनको यू(२३ महिला टोलीमा पनि सहायक प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।
नेपाली महिला टोली हालै थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेलेर स्वदेश फर्केको छ । अब डी वाइल्डको प्रशिक्षणमा नेपालले महिला एसियन कप छनोट खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण