दश महिनामा ८९ हजार पोलिसी सरेन्डर
काठमाडौँ । दश महिनाको अवधिमा झन्डै ८९ हजार पोलिसी सरेन्डर भएको छ । बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ८८ हजार ६३५ बीमालेख सरेन्डर गरिएको हो ।
यो अवधिमा १२ अर्ब २७ करोड २३ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ । यो अवधिमा भएको सरेन्डरको सङ्ख्या अघिल्लो वर्षको तुलनामा सामान्य कम हो । अघिल्लो वर्ष ८९ हजार ७७ पोलिसी सरेन्डर भएको थियो ।
तर, यो वर्षको सरेन्डर रकम अघिल्लो वर्षभन्दा ११ दशमलव ७० अङ्कले बढी हो । अघिल्लो वर्ष १० अर्ब ९८ करोड ७१ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको थियो ।
यो अवधिसम्म १२ लाख ५४ हजार ४७८ वटा बीमालेख व्यतित भएको छ । उक्त व्यतित जीवनबीमाको कुल रकम ३६ अर्ब ८६ करोड रुपैयाँ बराबर रहेको प्राधिकरणको तथ्याङ्क छ ।
यो अवधिसम्म ५६ लाख ४७ हजार ९०९ वटा बीमालेख कायम रहेको छ । त्यसमध्ये सबैभन्दा धेरै लघुबीमा रहेका छन् । यसको सङ्ख्या ३६ लाख भन्दा धेरै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण