आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बुढीगण्डकी परियोजना शीघ्र कार्यान्वयन गराउने विषयमा छलफल

सरकारको आलोचना
आइतबार, २५ जेठ २०८२, १६ : ०२
आइतबार, २५ जेठ २०८२

काठमाडौँ । राष्ट्रिय गौरवको बुढीगण्डकी परियोजना शीघ्र कार्यान्वयन गराउने विषयमा छलफल भएको छ । शनिबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले सरोकारवाला एवं विज्ञहरूसँग छलफल गरेका हुन् । 

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले बुढीगण्डकी बहुउद्देश्यीय परियोजनालाई निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने भन्ने नीति लिएसँगै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले गोरखा र धादिङका सरोकारवाला एवं विज्ञहरूसँग छलफल गरेका हुन् । 

छलफलमा परियोजनालाई लिएर सरकारको आलोचना गरिएको छ । अझै व्यापक रूपमा परामर्श गरेर आवश्यक कदम चाल्ने विषयमा समझदारी भएको डा.भट्टराईले बताए । 

उनले  सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन्,‘राष्ट्रिय गौरवको बुढीगण्डकी परियोजना तुहाउँदै लगिएको सन्दर्भमा त्यसलाई बचाउन र शीघ्र कार्यान्वयन गराउन  आवश्यक  पहल गर्नेबारे गोरखा र धादिङका सरोकारवालाहरू र सम्बन्धित विज्ञहरूसँग परामर्श गरियो,अझै व्यापक रूपमा परामर्श गरेर आवश्यक कदम चाल्ने समझदारी भएको छ ।’ 

सरकारले नयाँ आर्थिक वर्षको बजेटमार्फत बुढीगण्डकी परियोजनालाई ‘सार्वजनिक निजी साझेदारीमा निर्माण गरिनेछ’ भनेर लेखिएको भन्दै भट्टराईले आपत्ति जनाएका छन् । 

सरकारले ल्याएको बजेटमा उक्त विषय उल्लेख गरिएपछि भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै परियोजनाको हत्या गरिएको बताएका थिए । 

अध्यक्ष भट्टराईले राष्ट्रिय विश्वासघात र अपराधपूर्ण निर्णयको सशक्त प्रतिवाद गर्न आग्रह समेत गरेका छन् । 

dr bhattrai

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप